~पुष्कर लोहनी~
डढेँलो लाग्दा
पोतेको कालो ढुङ्गा
आफै तर्सिने ।
****************
जुधेको हावा
फूल ओइलाएछ
पानी खोजेको ।
****************
घोडा सम्झिँदा
कुकुरले सुँघेछ
झूलमा माखा ।
****************
सग्लो सपना
बजारिँदा टुक्रेको
मन भत्किँदा ।
****************
लुलो नर्कट
लहराले बेरिँदा
भाँच्चेको मन ।
****************
ढल्केको माया
कालो रङ पोखिँदा
चिप्लेको मन ।
****************
लामो घिरौँला
झुन्डिएर लत्रिँदा
खाल्टै थचक्क ।
****************
चुहिने भाँडो
सपना भरिएछ
छिप्पेको काँक्रो ।
****************
ढुङ्गा बर्सियो
जोल्ठिएछ बाटैमा
झ्यालमा आँखा ।
****************
सुनेको थिएँ
भित्ताको कान हुन्छ
आँखामा तिमी ।
****************
जलिरहेछ
जल्न देउ त्यसैमा
तातेको ओठ ।
****************
नीमको पात
भँगेराले थुकिदिँदा
बाटै अँध्यारो ।
****************
जमेको दही
कचाैरामा भरिँदा
पोखिन खोज्ने ।
****************
झस्किने रात
एक्लिदो मध्यरात
घन्टा ठोक्किन्छ ।
****************
सुकेको काँडा
टुप्पो नै छिरिहाल्छ
टुक्रा भाँचिओदा ।
****************
इन्द्रेणी पर्दा
खिलेको सेतो मन
झरेको पात ।