~रिजाल किरण “अन्जान”~
छन्द : उपजाति
दाह्राहरुमा अब धार लाग्ला
पक्कै अनेकौ कति मिष्ट पाक्ला
चिच्याउँदै त्यो घर आगनीमा
विहान साझै कति कान खाला ।।
बन्ला अनेकौं परिकार चट्ट
केही चुमौला अनि पेग सट्ट
पहाड पाखा र तराई भेग
बन्नेछ सानन्द रमेर भेष ।।
कुटुम्म नाता सब इष्ट मित्र
छल्नै छ यो कोभिडको उपद्र ।।
-विराटनगर -१
किरण रिजाल’अन्जान’
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )