~बिमला ढुंगाना~
कोरोना कहर गाउँ र शहर छायो है छायो है
न देख्छ आँखा न घुम्छ पाखा के रोग आयो है
लौन …..के रोग आयो है
लागेमा एकलाई परिवार घरका भ्याउँछ जहानै
श्वासमा सार्यो शरीरलाई गार्यो बृद्ध वा जवान नै
यो सूक्ष्म भाइरस लुकेर कहाँ कसरी बस्तो हो ?
विज्ञानलाई गिग्याई भै शक्तीशाली शरीरै डस्दो भो !
कोभिड उन्नस जीवनी झुन्ड्यास् हारजीतको रङ्गमा
काँप्दछ तन डराउंछ मन एक अर्का संगमा
कोरोना कहर गाउँ देखी शहर छायो है छायो है
न देख्छ आँखा न घुम्छ पाखा के रोग आयो है
लौन …..के रोग आयो है
आफैंले बचाउँ अस्तित्व आफ्नो नहिँडुं बिना काम
बाँचेर आफु जोगायौं समाज नमेट्टोस् आफ्नो नाम
ज्ञान-बिज्ञान एक भइ औषधी खोप अगाडी सार्नु छ
तिजेर मनले लडाई रोगलाई निर्मुल पार्नु छ
सुरक्षित बसौं घरकै भित्र स्वास्थमा दिउँ ध्यान
हाँसेर बिताउँ खुशीले जितौं स्फूर्ती रहोस् मन
कोरोना कहर गाउँ देखी शहर छायो है छायो है
न देख्छ आँखा न घुम्छ पाखा के रोग आयो है
लौन …..के रोग आयो है
बिमला ढुंगाना, घट्टेकुलो
हाल यु यस ए
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )