~दीपक कुमार ज्ञवाली~
उदाए रवि झमल्ल भएर
संसारै उज्यालो भयो हेर
कहिँ छैन अँध्यारो कुनाकन्दरामा
सुदुर पश्चिमदेखि पूर्व सबै समान
कहाँ छ यस्तो सुख सुबिधा सम्पन्न
रोग भोक अशिक्षा बिहीन समाज
कोहि छैनन् दुःखी मेरो राज माहाँ
कस्तो थिएँ म हिजो आज कस्तो म भएँ
नालाएकको पगरी गुथेर रछ्यानमा फालिएँ
विधिको बिडम्वना छप्पड फोरेर उदाएँ
भाग्य नै रहेछ प्रधान कर्मको विधान गौंण
सुण्ड,मुण्ड, चतुषष्टी योगिनीहरु छन् दंग
चुईक्क बोल्दैनन् कोहि एकछत्र भै उदाएँ
अनुकुल परिस्थिति ले पानीमाथी ओभानो भएँ
धन्य धन्य विधाता बलियो पुर्पुरो लिएर आएँ
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )