गजल : कस्ले हाल्यो सानु ?

~वाग्ले प्रकाश ‘बगर’~

हामी दुई बिच काडे, तार कस्ले हाल्यो सानु ?
नछुट्टीने माया प्रितमा बार कस्ले हाल्यो सानु ?

हररात बाहुपासमा कसिएर बस्छु भन्थ्यौ,
फेरी दुर-दुर लाने कर कस्ले हाल्यो सानु ?

तिमी विना जिउदो लाश भाकोथियो जीवन,
प्रेममा त्याग भन्दै सार कस्ले हाल्यो सानु ?

मुनामदन जस्तै हामी परिपुरक हुँदा हुँदै,
साच्चै भन बागमा झार कस्ले हाल्यो सानु ?

रोमियो र लैला झै माया गर्दा तिमीलाई,
“बगर” पागल भयो भनि प्रचार कस्ले हाल्यो सानु ?

– शिवनगर- चितवन , नेपाल

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.