~जे पि राई~
भरखर आज माघको तश्रो हप्ता जाँदैछ
धेरै धेरै माघहरु यसरीनै आए गए
मैले खुद भोगेको छु अनि देखेको पनि छु
कि माघको चिसो ठिहीसंग
विवशतावस पौठे जोरी खेलेको छु
अनायास महाभारत लडाइ लडेको छु
टालेको लुगा त्यो पनि उध्रिएको ठाँउबाट
मुटु छेड्ने सिरेटोले च्वासच्वासती घाचेको
अदृश्य प्वालहरु
खोकीला भरी सजाउँन वाध्य छु
बालबालीकाहरु न्यानो कपडा नपाएर
थुर-थुर काम्दै कक्रिएको दृश्यहरु
आँखा भरी- भरी बिझी रहन्छन्
कोही चित्राको गाह्रो भएको झुपडीहरुमा
सिरेटोले उम्दा
आधारात पछि जाग्राम बस्नु पर्छ
गत पच्चिस गते एउटी महिला मरिन
उपचार्रार्थ डोकोबाट दिक्तेल पुग्दा डाक्टर भेटिनन्
गतबर्षअर्का पुरुष लाई डोकोमै गाइघाट पुयाइयो
उनि सधैंको लागी धरानमै वास बसे
विचरा ! एउटा दर्जी दाइको खुट्टा गीडिएपछि
उनको जीवन बैशाखीमा बाँच्न बिवश छ
प्रशुती गृहको अभावमा महिलाहरुले
कठै !
निरीह मृतु झेल्नु परेको छ
गरीवीको कारण
जीन्दगी अहेवलाई सुम्पनु परेको छ
हैन भने साँक्षी छ
झनै दशक पुग्न लाग्यो रुवाबुको धन लक्षीम्पा
को हालत आफै बोलीरहेछ
बनीगरी ल्याएको सामलसंग खाने नुन
बेल्टार वा मुर्कुची जिन्दावाद
चिकेन रोशको तिर्सनालाई
खाल्डे सिन्कीले धितमार्नु छ
अन्तराष्ट्रले चन्द्मामा वस्ति बसाल्दा
मेरो गाउँ ढाकर टेकुवामा बाँचेको छ
नेपाल जल श्रोतमा विश्वको दोश्रो हुँदा पनि
मेरो गाउँलाई दियालोको प्रकाशनै अनिवार्य छ
वाह-वाहबाट विध्यालयहरु हुँदा पनि
ल्याप्चे ठेस्नेहरु अनगिन्ती छन्
सीएचडीपी कार्यक्रम संञ्चालित बस्तीहरुमा पनि
खुल्ला चर्पीको कारण बाटो हिँड्दा
थुक्दै नाक समाउँदै अलिकति सराप्नै पर्छ
अरुदेशले अन्तरीक्षमा खेती गर्दा
मेरो गाँउ हलो कोदालोमै सीमीत छ
जापानले कम्पूटर शहर बसाल्दा
मेरो गाँउको झुलो चकमक संग्रहलयमा पुग्न वाँकी छ
टेसट्युब मानवको विकाश पुरानो हुँदा
अझै मेरो गाँउ झाक्री दाईमा आश्रीत छ
कृषि प्रधान देश भएर पनि
साठी प्रतिशत किसान अनिकालमै छन्
राजधानीमा दैनिक ३० किलो सुन खरीद विक्रि हुँदा
मेरो गाँउमा सुन पानी नपाउने धेरै छन्
कसैले जामजेली ओकल्दा
आयोनुन बत्तीस रुपैंया कीलो त्यो पनि अनिकालै छ
बुवासुङ तर्ने बाँसको फड्के भेलले लाँदा
घुम्ने कर्सिबाट गा.वि.स टुलु-टुलु हेरीरहन्छ
अभाव र अज्ञानताले मेरो गाँउलाई दुखाइ रहन्छ
संम्झनाको तितो विगत सँधै-सँधै बल्झाइ रहन्छ
रोजगारीको खोजीमा
पढेका यूवाहरु
लाख देखि पाँच लाख सम्म
बेल्चा साट्दै विदेशिएको छन्
यसो भनौं
मेरो गाँउ प्राय यूवा सून्य छ
कैयौं रोपनी खेतवारीले
जोर लप्से र फम सिंचाइलाई
झिनो आसमा कुरी रहेछ
कठै !
कस्ले सुनी दिने, कस्ले बुझि दिने
मेरो गाँउको कथाहरु
कस्ले पढी दिने कस्ले निहाली दिने
एक्काइसौं शताब्दिमा पनि मेरो गाँउको यस्तै यस्तै
चित्रहरु ।।।।
जे पि राई
दोर्पा खोटाङ हाल हङकङ
October 22, 2008
(स्रोत : खोटाङ डट अर्ग)