कविता : चिया र चिन्तन

~निकेश लिम्बु~

उहिले बाजेको पाला देखि नै
सुन्दै आएको
‘सुनको बोट’ भन्दै
षडयन्त्र र शोषणको जाल
बुन्दै आएको।

यो कथा यो व्यथा, मर्मको व्याकुलता
धेरै पुरानो छ
डरले काल्लेको,
अनुभूतिको विदीर्ण आवाज
धेरै गुनासो छ।

जब विश्व-रेशमी पलङबाट नै
मैले टिपेको चियाको चुस्की लिन्छ
आफुलाई दास नै ठान्दछु
र त्यै
पोहोर-परारको
थोत्रे नाम्लो-जडाउरी भिरेर
थुम्चे
नागबेली बाटो लाग्दछु।

मेरो नागबेली बाटो
खाल्डो-खपेल्टो हुँदै
भिरालो छ
श्रमिक हुन, श्रम गर्दैछु
जीवन साच्चै नै
अँध्यारो छ।

अब त
त्यो घनघोर वर्षा पछिको इन्द्रेणी कहिले देखापर्ने
मजदुर शाश्वत हक र अधिकार
कहिले पाउने
विश्वअघि अर्थवृद्धिका भाषणहरू छाडी हिड्छौं
यो भाषणको सिस्टम कहिले फेरिने।

युवा भन्छ
‘हो सपमा मैले पनि देखेको छु’
तर उडान भने सकेको छैन
अरू युवा झैं म पनि
आखिर लाहुरे नै बन्न
वाध्य बनेको छु।

मैले युवाको कसारोलाई वाद भनिन
सहन सक्छु
फागुनको फुको बिरसिलो क्षन

श्रमको रकम मात्र पो मागेको छु
बढाई देउ मेरो सानो वेतन।

(स्रोत : लाली गुराँस,नेपाली द्वैमासिक, दार्जिलिङ – अङ्क ३० : सेप्टेम्बर-अक्टोबर 2018)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.