कविता : बिवसताले जन्माएका लाखौं बुद्धहरु

~बि कुलुङ रंगबुले राई~

ओ बुद्ध !
तिमीले त
केवल
त्यो सत्य युगमा
एक भोक
एक रोग र
एक शोकहरुको
टेलर के मात्र नै देखेको थियौं
मन खिन्न पार्यौ त्यसरी
अनि
बिच्चमा नै
तिमीले आफ्नो
स्वास्नी,छोरा, सर्वत्र परिवार,
गाउँठाउँ अनि
राजपाटनै
सबै -सबै त्यागेर
परदेशको बाटो पलायन बन्यौं।
ओ बुद्ध !
यो त अब टेक्नोलोजीकल युग हो
यो त अब पुरै फिल्म हो
एक भोक,एक रोग र
एक शोक यी सबै कुराहरु त अब
आ-आफ्नो घरभित्र
६० इञ्चि एलसीडी,
कुलर एसी,
हातमा आइफोन,
कम्प्युटर ल्यापटप
भित्र्याउन सकेनौं भने
मुक्ति पाउँदैनौ
यो हाम्रो आधुनिक
ऐय्यासी
जीवनहरुले।
मेरो देशले मलाई
दिएका सहुलियत
लुच्छहरुले लुटिदिन्छ
आफुसंग भएको सबै
लुटिदिन्छ
त्यसैले त
यो जिन्दगीलाई मुक्ति दिलाउन
यो जिन्दगीलाई
रोग, भोग र शोकहरुबाट
मोक्ष दिलाउन
ओ बुद्ध !
तिमी जस्तै हामी पनि
आफ्नो जन्मथलो छोडेर
परदेशको ठाउँमा परिश्रम गर्छौ
बिबादास्पद बन्दै
जुगजुगसम्मलाई

अप्रिल २२
-दार्जिलिङ्ग भारत

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.