लघुकथा : प्रार्थना

~हरिप्रसाद भण्डारी~

ऊ समाजसेवी थियो । आफ्नो भन्दा पनि दुनियाँको भलो चिताउँथ्यो । कसरी दुनियाँमा शान्ति कायम हुन्छ र मानिसहरू चिरकालसम्म सुखले बाँच्न पाउँछन् भन्ने चिन्ता गथ्र्यो ।

बिहान सबेरै उठ्यो, नुवाइ–धुवाइ गरी सफा लुगा लगायो र मन्दिरअगाडि गएर प्रार्थना गर्दै भन्यो— “हे भगवान् ! विश्वमा अशान्ति बढ्दैछ, रोग–व्याधि व्याप्त हुँदैछ र बिरामी हुने र अकालमै मर्नेहरूको संख्यामा बृद्धि हुँदैछ, त्यसैले कृपा गरी शान्ति कायम गर र रोग–व्याधि हटाई सबै प्राणीहरूलाई चिरकालसम्म बाँच्न पाउने अवसर प्रदान गर ।” त्यसपछि उसले श्रद्धाभावले निहुरिएर ढोगिदियो र मूर्तिका वरिपरि छरिएको टीका लगाएर बाहिर निस्कियो ।

ऊ बाहिरिएको केही समयपछि एकजना डाक्टर हातमा पूmल, टीका र प्रसाद लिएर मन्दिरभित्र प्रवेश ग¥यो र श्रद्धापूर्वक भगवान्लाई नमस्कार गर्दै भन्यो— “हे प्रभु ! मप्रति दया राखी मेरा क्लिनिकमा बढीभन्दा बढी बिरामीको ओइरो लगाइदेऊ………..।” त्यसपछि उसले पनि मूर्तिका अगाडि निहुरिएर ढोगिदियो र टीका, पूmल र प्रसाद उठाएर बाहिर निस्कियो ।

मन्दिरमा प्रवेश गर्र्ने तेस्रो व्यक्ति साधारण स्वभावको थियो । ऊ मसानघाटमा लास जलाउने काम गर्थो र त्यसैको ज्यालाबाट परिवार पाल्थ्यो । ऊ मूर्तिका अगाडि गयो, धूप जलायो र शिर निहुराएर हात जोड्दै भन्यो— “हे प्रभु ! हिजो–आज मेरो व्यवसायमा मन्दी आएको छ । कामको कमीले गर्दा मेरा त केटाकेटी नै भोकभोकै बस्न बाध्य छन्, त्यसैले प्रभु जसरी हुन्छ मेरो व्यवसाय बढाइदेऊ ।”

ती सबै भक्तहरूको प्रार्थनालाई मूर्तिरूपी भगवान्ले कसरी ग्रहण गरे कुन्नि, तर नजिकै बसेर उनीहरूका कुरा सुनिरहेको एकजना माग्ने मान्छे खूब जोडले हाँस्यो र धेरै बेरसम्म हाँसिरह्यो ।

काठमाडौं ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.