पुष्कर लोहनीका छ हाइकु

~पुष्कर लोहनी~

१,
भरिन खोज्ने
रित्तो भाँडो अगाडि
पोखिने हो कि ।

२,
गाढा सपना
घाम छिरिहालेछ
रापिलो माया ।

३,
सर्पको आँखा
रगताम्य सम्झना
आँखा अगाडि ।

४,
पानीको तिर्खा
जति नै पिए पनि
सधैँ उस्तै नै ।

५,
भ्यागुतो लुक्ने
झ्याङचाहिँ तर्सिने
सर्प दगुर्ने ।

६,
खोला तरेको
लछार्न थालेपछि
रित्तो अभाव ।

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.