~मधुश्री~
म खोजेर रोएँ मेरो शान्त मन
म रोजेर रोएँ अशान्त जिवन
नदेखेर रोएँ प्रतिबिम्ब आफ्नो
म देखेर रोएँ ज्ञान कुँञ्ज सानो
अब रुन्न साथी मेरो हाँस्ने पालो
च्यातिदिएँ आज अज्ञानी यो जालो
चाहन्छु म देख्न हाँसो छरिएको
रित्ति दुःखी कुण्ड खुशी भरिएको
मेरै मन रैछ दुःख सुख साथी
चाहना नै रैछ पुग्ने तल माथी
चाहन्छु म अड्न मेरै खुट्टा टेकी
उड्ने छैन कतै चंगा उड्या देखी
मधुश्री
१३ कात्तिक २०६८
(स्रोत : रचनाकारको ब्लगबाट सभार)