कविता : समय र उमेर

~भीष्म जोशी~Bhishma joshi

गाउँ-घरमा,
टि.भी थिएन, टेलिफोन थिएन ।
इन्टरनेट झन् कसरी हुन्थ्यो?
अफसोच! बत्ती पनि थिएन ।।
तर,
रानीकुला थियो ।
त्यहीँ खोलाको पटलमा आफ्नै प्रतिबिम्ब हेरी बस्थेँ ।
पानीभित्रको घामसंग वार्तालाप गर्थें ।
केहि श्लील सपना बुनेको थिएँ ।
केहि अजर यादहरु सुम्पेको थिएँ ।
रंगिएको थिएँ,
रंगाएको थिएँ ।।

आज समय त्यस्तो रहेन ।
उमेर….उमेर जस्तो रहेन ।।
खैर ,
कलकल लयमा निँदाएको नदी जस्तो रहेछ यो समय।
पलपल,उड्न खोज्ने सिमलको भुवा जस्तो रहेछ यो उमेर ।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.