कथा : साक्षात अनुभूति

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

साक्षात अनुभूतिले देश र समाजको चित्रण गर्दैन भन्नु आफुले आफैलाई ढाँटे सरह हुनेछ ।

एकदिन बिहानको समयमा मेरो समिपमा एउटा परेवा आएर घुँर घुँर घुँर गर्दै आबाज निकाल्यो । स्वाभाबीकरुपमा मेरो दिमागमा यसले चारा मागेको होला भन्ने लागेर केहि अन्न जमिनमा चाराकोरुपमा राखीदिएँ । उ घुँर घुँर गर्दै घुम्दै चारा खान थाल्यो । एक्लो परेवाको यस्तो क्रम केहिदिन चलीरह्यो ।

एकदिन प्रात भ्रमणबाट घर आउन केहि ठिला भयो । घर आएर हेर्दा एक्लो परेवा मेरो घरको छतमा घुँर घुँर घुँर गर्दै आवाज दिईरहेको थियो । सधै झैं मैले उसलाई चारा दिएँ । चारा खाएर परेवा उड्यो ।

अर्काे दिन बिहान आफुभन्दा अलि ठुलो एवम् उमेरमा अली पाको परेवासंग चोंच मिलाउँदै घरको छतमा ओल्र्याे । घरको छतमा ओर्लेर घुँर घुँर गर्दै नाच्न थाले ति दुई परेवा । ति साच्चैका जोडी हुन् कि होइनन् मैले ठम्याउँन सकिन । तर मलाई के लाग्यो भने हिजोसम्म एक्लै रहेछ आज घरजम गरेर दैनिक आहारा खाने ठाउँमा आफ्नो साथी लिएर आएको होला भन्ने ठानें ।

छतमा उनिहरुको त्यो हरकत देख्दा मलाई आनन्द लाग्यो । अघिल्लोे दिन जस्तो परेवा आउनासाथ चाहारा दिईन । छतको कुनामा बसेर ति दुई परेवाको कृयाकलाप हेरीरहें ।

अन्ततः सधै आईरहने परेवाले अलि ठुलो स्वरमा घुँर घुँर गर्दै आबाज निकाल्न थाल्यो । सायद आहारा दिन ढिलो भएर होला भन्ने मैले अनुमान लगाएँ । अनि अरु दिन भन्दा अलि बढि नै अर्थात ति दुबै परेवा अघाउनेगरि आहारा ,दाना छतमा राखिदिएँ ।

साथी भएर आएको परेवा प्रफुल्ल मुद्रामा छिटो छिटो आहारा खान थाल्यो । मलाई लाग्यो आहाराको जोहो नभएको अनकण्टार ठाउँमा बसेको हुँदो हो धेरै दिन महिना भनौं वर्षपछि भरपेट हुने गरि आहारा खान पाएकोले खुसिले रमाउँदै आहारा खाँदैछ ?

त्यो परेवाले आहारा खाएको देखेर मलाई पनि धेरै रोमाञ्चको अनुभूति भयो । हेरौ. न त कति खाँदो रहेछ भनेर थप आहारा ल्याएर छतमा राखि दिएँ । दिएको सबै आहारा खाएर पानी पिएर दुबै परेवा एकसाथ भुर्रर उडेर गए ।

यस्तो क्रम महिनांै, वर्षाैसम्म चलीरह्यो । ति दुई परेवाको मिल्ती देखेर कता कता मलाई रिस, डाहा र इष्र्या लाग्न थाल्यो ।

अनायास मेरो मनमा कुरा खेल्न थाल्यो ,मानव जातिमा पनि यस्तै मिल्ती भैदीए हाम्रो देश समाज कस्तोे हँुदो हो ? मेरो मनमा लागेकोे थियो बाचुञ्जेल यि दुई परेवाको जिवन यसैगरि सुखमय तरीकाले बित्नेछ । यिनीहरुको बिचमा मन मुटाऊ कहिलै हुने छैन । यिनीहरुको जिबनमा बाधा ब्यबधान कहिलै आउने छैन ।

तर मानबीय स्वभाब पक्षीमा पनि हुँदोरहेछ । केहि दिनपछि ति दुईपरेवामा ठाक ठुक पर्न थालेको हो कि भने जस्तो तिनीहरुको ब्यबहारबाट देखिन थाल्यो । संगै चोंच पुच्छर जोडेर पखेटा जोड्दै दुई शरिर एक बनाएर उड्दै आउने परेवा एक्ला एक्लै आउन थाले । चारा खानु भन्दा पनि चोंचले आफु तिर ल्याएर सञ्चय गरेपछि एक्ला एक्लै खाँदै एक्ला एक्लै जान थाले । हिजोका दिनमा देखिएको ति परेवाको मिलन सद्रभाव आज कटुतामा परिणत हुन थालेको सहजै अनुमान गर्न सकिन्थ्यो ।

त्यस्तो हुँदा पनि मेरो घरमा तिनीहरुको आहारा खान आउने क्रम जारी नै रह्यो । हिजोकादिनका प्रेमालाप मेलमिलापको क्षेण झगडामा रुपान्तरण हुन थालेको सहजै अनुमान लगाउन सकिन्थ्यो । ति परेवाका कृयाकलाप मैले सुक्ष्मरुपमा नियालीरहेको थिएँ ।

एक दिन छतमा आउनासाथ झगडा गर्न थाले । सधैझैं मैले आहारा दिएँ तर खाएनन् । एउटाले अर्काेलाई घुर्दै हेरिरहे त्यसपछि आएको ठुलो परेवा एक्कासि अर्काे परेवामाथी जाई लाग्यो । चोंचले ढुँग्यो खुट्टा र पखेटाले जोड जोड हान्यो ।

पहिला आएको परेवाले मेरो घरको छत आफ्नै ठानेको थियो । छतमा झरेका पातपति¨र चोंचले टिपेर लैजान्थ्यो । किन लैजान्थ्यो मलाई थाहा भएन ? उसको त्यस्तो कामले मेरो छत सफा हुन्थ्यो ।

उसले कहिलै पनि आफ्ना बाल बच्चालाई मेरो घरमा ल्याएको मैले देखिन । यसबाट मैले के अनुमान लगाएँ भने यि दुबै परेवा भाले होलान्् ?

धेरै बेरसम्म लडे म अचम्म मानेर हेरिरहें । दुबैको शरिरबाट रगतको थोपा बग्न थाल्यो । तिनीहरुको यस्तो कृयाकलाप मलाई देखिसक्नु भएन ।

तिर्खाएहोलान् भनेर भाडामा पानी राखिदिएँ । पानीकोभाडो नजीकै आहारा लगेर राखिदिएँ । पानी र आहारा देखेपछि रिसथामेर आहारा तर्पm तिनीहरुको ध्यान जाला भनेर ।

पहिला आउने परेवाले भाडामा पानी देखेर पानी पिउन थाल्यो , अर्काेले उसले पानी पिएको देखिसहेन ,आएर चोंचमा ढुँग्न थाल्यो ।

मैले ठानेको थिएँ यो पंक्षीको क्षणिक लिला होला एकछिनमा शान्त भैहाल्लान् ,अनि आहारा खाएर गन्तब्य तर्फ जालान् ।

तर तिनीहरुको आजको ब्यबहार मेरो सोचाइ भन्दा बिपरित भयो । तिनीहरुको कृयाकलापले अन्तर्मनमा पहिलेदेखि गुम्स्याएर राखेको कुण्ठा ओकल्दैछन् भने जस्तो लाग्यो ।

पहिले आउने परेवाले मेरो अनुहार तर्फ हेर्दै केहि याचना गरे जस्तो लाग्यो । ममा पंक्षी वाक्य बुझ्ने कला र क्षमता थिएन तै मैले पनि उसको अनुहार हेरिरहें ।

मलाई लाग्यो त्यो परेवा मेरो घरमा आयो , आफ्नो पंक्षी बोलीले मेरो मन पगाल्यो, मलाई आफ्नो बनायो आफु बस्ने खेल्ने खाने भरपर्दाे ठाउँ बनायो , सधै आहारा खाने वातावरण बनायो । पंक्षी भएर पनि मानवसंग घुलमिल हुन सिक्यो । पछि साथी पनि लिएर आउन थाल्यो ।

मलाई त्यो पक्षी भए पनि एउटा भरपर्दाे अन्तरर्मनको साथी भेट्टाए जस्तो भयो । किन हो किन मेरो अन्तर्मनमा उ प्रति सहानुभुति जागृतभयो ? यसो भनिरहँदा अर्काे परेवालाई मैले कत्ति पनि अपहेलना गरेको थिईन । मेरो ति दुबै परेवामा समान ब्यबहार थियो । तर उसको साथीले म प्रति अपनत्व देखाउन सकेको थिएन । क्षमता नभएर हो कि मन नभएर त्यो उसैले जानोस्?

तिनीहरुको एकआपसमा टोकाटोक गर्ने पखेटा र खुट्टाले एकअर्कालाई हान्ने क्रम जारी नै रह्यो । अर्थात तिनीहरुको झगडा गर्ने क्रम टुटेको थिएन । तिनीहरुको झगडा साम्य होला जस्तो लागेन मलाई अनि एउटा सानो छेस्किनो हातमा लिएर तिनीहरुलाई हाने जस्तो गर्न ्यस्सो के हात उजाएको थिएँ पछिआएको परेवा भुर्रर उडेर गयो ।

पहिले आउने गरेको परेवा मुख बाँउदै थचक्क भुईमा बसेर मेरो अनुहार हेरीरह्यो । मैले पानीको भाडो उसको नजीक लगेर राखिदिएँ । धितमारेर पानी पियो अनि आहारा पनि राखिदिएँ । सुस्त सुस्त आहारा खान थाल्यो । तर अरु दिन जस्तो आहारा खान सकेन । मैले घरको छतमा घामबाट जोगिन कपडा टाँगिदिए पर्दा जसरी । सायद मानव भाषा बुझेर होला सुस्तरी सुस्तरी छहारीमा आएर बस्यो ।

अनायास मेरो मनमा अनेक कुरा खेल्न थाले । कस्तो दिनमा साथी बनाएको रहेछ यो परेवाले त्यसलाई ।

मेरो देखाई र बुझाईमा जहिले पनि तैले साथीलाई राम्रै ब्यबहार गरेको थिईस् । कहिलै पनि बिभेद गरको मैले देखिन । बस्ने संगै ,खाने संगै , खेल्ने उड्ने संगै , चोच जोडेर सधै सल्लाह मसबिरा गरेको देखेको थिएँ । अनायास तिनीहरुमा भएको आजको लडाई र झगडाले मेरो अन्तर्मनमा तरंग उत्पन्न गरायोे । यि पंक्षीको समाजमा पनि कस्तो इष्र्या द्धेस र बैरभाब हुँदो रहेछ ।

केहि समयपछि उसलाई अली आराम भएर होला कसो कसोगरि मुस्किलले टाउको हल्लाईरह्यो मतिर हेरेर । मैले उसको भाषा त बुमिmन तर मैले पनि त्यसरी नै टाउको हल्लाईदिए । मैले टाउको हल्लाएको देखेर भुर्रर आकाशतर्फ उड्यो । मैले अनुमान लगाएँ जाने अनुमति माँगेको रहेछ म संग ।

किन हो कुन्नी आज त्यो परेवा एक्लै मेरो घर आयो । सधै झैं मैले आहारा दाना पानी छतमा राखिदिएँ । उसले आहारा खान आहारामा के चोच राख्नभ्याएको थियो । हिजो उसंग आउने गरेको परेवाले चारवटाअरु साथी लिएर छतमा आएर आहारा खान लागेको परेवालाई एक्कासि घेरे ।

उ अक्क न बक्क भयोे । चोंच माथी उठाएर हे¥यो , सायद पूर्व परिचित भएर होला , सानो आवाज मुखबाट निकाल्यो र तिनीहरु बसेभन्दा अलि पर गएर बस्यो । सायद हिजोको घटनाले त्रसित भएर अरु घटना नघटोस् भनेर टाढा गएर बसेको ?

पाँचवटा परेवाले उसलाई राखिदिएको आहारा पानी खाए अनि चोंचमा चोंच मिलाएर एकछिन संगै बसे । केहि बेरपछि उ बसेको ठाउँ नजीकै गएर पाँचगोटा परेवा संगै बसे ।

एक्लै बसेको परेवाले एक एक गरेर सबैको अनुहार टाउको घुमाई घुमाई हे¥यो । ति मध्ये एउटाको अनुहार देख्नेबित्तिकै खुसिले फनन्न नाच्दै पखेटा फट्फटाउँदै मुखबाट मसिनो आवाज निकाल्दै उसको नजीकै गएर बस्यो ।

संगै बसेको संगैखाएको संगै हिडेको , दुश्मनको बन्दुक, गुलेली , डोकेपासोबाट जोगिदै जोगाउँदै आएको सहयात्री, बर्षाै एउटै गुँडमा बास बसेको साथी ,उ नजीक आएको देखेर चारजनाको बिचमा गएर बस्यो अपरिचित जस्तो अभिनय गरेर ।

उसले आश्चर्य मान्यो । हैन आज के भयो यसलाई , किन यस्तो गर्दैछ । बिहान त आ आफ्नो ठाउँमा गएर आ आफ्नो काम गर्ने , आ आफ्नो आहारा खाने भनेर गँूडबाट संगै बाहिर निस्केका हौं । अनायास यसको ब्यबहारमा परिवर्तन किन । यत्रो वर्षसम्म दुःख सुख साटेर संगै बसेको साथीलाई कसले के कुरा लगाएछ । मेरो अभिन्न मित्रको ब्यबहार अनायाश बिनाकारण किन परिबर्तन भयो । जान अन्जानमा म बाट केहि गल्ति कमि कमजोरी भए जस्तो त लाग्दैन ? तर आज अनायाश किन यो साथी म बाट टाढा हुन खोजीरहेकोछ । कहिँ हिजोको घटनामा अप्रत्यक्षरुपमा यसको संलग्नता त छैन ?

कहि हिजो म माथी भएको आक्रमण यसको योजना र निर्देशनमा भएको त हैन ? शंका गर्छ । पाँचगोटा परेवा एकै गुडमा गुडुल्कीएर बसेको जसरी बस्छन् मानौं तिनीहरु धेरै पहिले देखिका चिरपरचित र सहयात्री हुन ?

एकले अर्काको मुखहेर्दै पक्षीभाषामा कुन्नी के के कुरा गर्छन् । हिजो लडेको ,झगडा गरेको परेवाले चर्काेआवाजमा के के भन्छ उसलाई ।

उसले पनि चर्काे चर्काे स्वरमा के क भन्छ ।

हिजो झैंं लड्ने हुन् कि जस्तो गर्छन् तर हिजो जस्तो हानाहान गर्दैनन् ।धेरैबेरसम्म वावविवाद गरिरहन्छन् ।

सायद निस्कर्ष ननिस्केर होला , पाचगोटा परेवा अलि पर एकान्तमा गएर सल्लाह गर्छन् । अब तिनीहरुको एकमत भएर होला त्यो एक्लो परेवालाई मनाउँन नजीकै जान्छन् । पंक्षी भाषामा पालैपालो के के भन्छन् । उसले अस्वीकृत संकेतस्वरुप टाउको हल्लाईरहन्छ हल्लाईरहन्छ । सहजै अनुमान लगाउन सकिन्छ कि तिनीहरुले राखेको प्रस्ताव उसलाई कदापि मञ्जुर छैन । सहमति नजुट्ने देखेपछि फेरी पर जानखोज्छन् पाचगोटा परेवा , एक्लो परेवाले आफ्नो सहयात्रीसंग केहि कुरा गर्न चाहान्छ र आफ्नो भाषामा चुँ चुँ गर्दै बोलाउँछ तर ति चारगोटा परेवाले उसलाई बिचमा राखेर जबर्जस्ति आफुसंग लैजान्छन् ।

एकान्तमा गएर फेरी सल्लाह गर्छन् । एकछिनको चार्इँ चार्इँ चुईँ चुईँ पछि सबैले स्वीकृत स्वरुप टाउको हल्लाउँछन् र एक्लो परेवा बसेको ठाउँमा आउँछन् ।

आफ्नो सहयात्रीले चँु चँु गर्दै के प्रस्ताब राख्छ । उसले टाउको हल्लाउँदै उसको प्रस्ताबलाई अस्वीकार गर्छ । हिजो झगडागरेको परेवा रिसले अघि सर्दै आफ्नो चाेंचलाई भुईमा रगेड्छ, पखेटा फट्फटाउँछ ,खुट्टा भुईमा बजार्दै चर्को स्वरमा चुँ चुँ गर्दे के के प्रस्ताब राख्छ । त्यो एक्लो परेवालाई उसको प्रस्ताब मन पर्दैन टाउको हल्लाउँदै अस्वीकृति जनाउँछ । पाँचवटै परेवा रिसले छतमा फनफनी घुम्न थाल्छन् चर्काे आवाज निकाल्दै चिच्याउँछन् , खुट्टा बजार्छन् । शारिरिक आक्मण नै गर्ने हुन् कि भन्ने किसिमको हाउ भाउः देखाउँछन् । तर त्यो एक्लो परेवा कत्ति पनि बिचलीत नभएर तिनीहरुको हर्कत हेरी रहन्छ ।

यता गुँडमा तिनीहरुमा आश्रित भएर बसेका परेवाका बथानहरु चिन्तित हुन्छन् । तिनीहरुको बिचमा बारम्बार भैरहने झगडाले हैरान भएकाछन् । जति मिलाऊन कोशिष गरेपनि मिल्ने छाँट देखाउँदैनन् । अझ हिजो त्यसैको दाना पानी खाईदिने अनि अरुले उक्साएको भरमा कुटाकुट गरेर ज्यानसमेत लिने मनशायले आक्रमणगरेको भन्ने सुनेपछि आज कस्तो अनिष्टको खबर सुन्न पर्ने हो भन्दै कान ठाडो पार्दै आ आफ्नो गुँडमा कुक्रुक्क परेर बसेकाछन् ।

कसैले केहि बोल्न हुन्न तिनीहरुलाई । बोल्यो कि पोल्यो भने झैं केहि भन्यो कि झम्टिन आउँछन् हामीले भनेको मान्ने हैनन् । हाम्रो कुरा सुन्ने हैनन् । आफै जान्ने आफै बुझने सर्बज्ञ आफुहरु । हामीलाइ त तिमीहरुलाई के को चासो म जे भन्छु त्यहि मान भनेर आफ्नो कुरा मात्र थोपर्छन् ।। अलिकति स्ंख्यात्मकरुपमा हाम्रो आबश्यकता प¥यो भने हाम्रो तिमीहरु सिबाय को छ र पनि भन्न भ्याउछन् ।

तर तिनीहरुका काम कारबाही सम्पर्कका मान्छे के के र को को हुन् को को हामीलाई केहि जानकारी हँुदैन । को आउँछ के के कुरा हुन्छ हामीलाई केहि जानकारी गराउँदैनन् । आहा जे सुकै गरुन् लडुन कि मरुन् नदेखाउनु पर्ने तमाशाा देखाई हाले शत्रुलाई छेद दिईहाले । के कुरा गर्नु त्यस्ता को ?

कहिले हामी त मिल्यौं हामीलाई पचास वर्षसम्म कसैले हल्लाऊन फुटाऊन सक्दैन भन्दै कुम जोरेर बुरुक्क बुरुक्क उफन्छन् । अनि पचास दिन नबित्दै यस्तो गरि त के बसिन्छ र मान सम्मान ईज्ज्त सबैको हुन्छ , त्यसलाई मात्र मानेर हुन्छ हामीलाई मान सम्मान चाहिदैन भन्दै भाग खोजेर पाखुरा सुर्कन्छन् ।

वाहाँ भने त्यत्रा त्यत्रा आश्वासनका पोका बाँडेर गरेको शक्ति आर्जन । हाम्रा समुदायका कत्रा कत्रा सपना देखेर बसेकाछन् । सपनालाई बिपनामा परिणत गरिदिनु त कता हो कता चोंच जुधाई र लडाई गरेर समय घर्कदै गएको पत्तो नै छैन धोकेबाजहरुलाई ? अब कसरी बिश्वास गर्लान् यि धोकेवाजहरुलाई?

पाँचगोटा परेवा एक साथ गएर एक्लो परेवालाई प्रस्ताब राख्छन् । सायद गूँडमा गएर बिमर्श गर्ने प्रस्ताब गर्छन् होला ? स्वीकृति स्वरुप त्यो एक्लो परेवाले सम्मती प्रकट गर्छ । एक्लो परेवाले पुलुक्क मेरो अनुहार हेर्छ । अनि छगोटै परेवा एकसाथ भुर्रर उड्दै गूँड तिर लाग्छन् ।

छगोटै परेवा गूँडमा पुग्छन् । एक्लो परेवाको सहयात्रीलाई अरु चारगोटा परेवाले गुँड च्यात्ने आदेश दिन्छन् । गुँडमा रहेका अरु परेवाले सक्दो बिरोध गर्छन् गुँड च्यात्ने प्रस्ताबको ।

के गरुन् जति बिरोध गरेपनि उनिहरुको केहि लाग्दैन । जाने भए हिड म संग । म अर्काे गुँड बनाउँछु तिमीहरुलाई त्यहि नयाँ गुँडमा राख्छु । म संग नजानेभए यहि भत्केको गुँडमा त्यहि एकलकाटेसंग बस । म त आफ्नो इज्जत नहुने गुँड र यो गुँडका साथीहरुसंग एक छिन पनि बस्न सक्दिन भन्दै आफुले दशकौं लगाएर बनाएको गुँड च्यात्न सुरु गर्छ ।

आफुहरुसंग संगै बसेर वर्षौ लगाएर बनाएको गूड च्यात्नुको उद्येश्य बिचरा ति परेवाका बथानले कसरी थाहापाउन् ् ?

एक्लो परेवाले मसिनो आवाजमा आश्वासन दिन्छ । तिमीहरुसंग म छु मैले पनि यो गुड बनाउँन दशकौंको समय लगाएको हुँ । मेरो र म जस्तै साथीहरुको यो गुँड बनाउनमा ठुलो योगदान रहेकोछ । प्रतिगामीहरुले भत्काउने हामीहरुले पुनः बनाउने गर्दै गर्दाको परिणाम हो आजको यो गुँड ।

केहि छैन आज दशकौं साथीले प्रतिगामीको मतियार भएर गुँड च्यात्यो । हिजोका दिनमा ति प्रतिगामीहरुल ेबारम्बार गुँड च्याति दिंदा हामीहरुले धैर्य र साहसकासाथ पुनः गुँड बनाएका हौ । आज आफ्नै साथी प्रतिगामीको मतियार भएर हाम्रो यो गुँड च्यात्दै छ । हाम्रोलागि यस्तो हरकतको नयाँ अनुभब हो । अनि अर्काे शब्दमा भन्नु पर्दा हामीमा आउन सक्ने बिचलन पनि हो । यस बाट हामीहरु सधै जोगिनु पर्छ । केहि पिर छैन हाम्रा सम्पूर्ण साथीभाई संगैछौं

यस गुँडलाई पुनःटालटुलपारेर बस्ने लाएकको बनाउँछु । मलाई केबल तिमीहरुको अर्थात साथीभााई इष्टमित्र शुभचिन्तकको साथ चाहिन्छ भनिरहँदा उता बाकीरहेको गूँडको भाग च्यातचुत र भताभु¨ पारेर उसको पचासौं वर्षको सहयात्रीलाई ति चारवटा परेवाले बिचमा राखेर घेराबन्दिगर्दै उडाएर लैजान्छन् अब कहिलै यो गुँडमा नफर्कनेगरि कहिल गुँडमा नफर्कनेगरि ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.