~रिजाल किरण~
छन्द : दोहा
अनुहार जति भद्र रह्यो भित्र भित्र छलछाम
बकबास बेसि नगर है हे विदेशी गुलाम
मीठा मीठा बातको अब हुने छैन काम
हामी लोक झुक्याउने कदापी त्यो नठान ।
देश द्रोहको काम यो छोड्देउ गर्न लाई
जनताको पो नाउँमा गर्देउ बरु भलाइ
कति आमा रुदा रुदा बेहाल बनायौ नि
खोल्न खोल नेत्र निठुरी सच्चा सुत कहलाइ ।
-विराटनगर -१
किरण रिजाल’अन्जान’
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )