~गोबिन्द ओझा~
मैले तिमिलाई धेरै समय सम्म खोजिरहे
मैले देख्ने हर सपनिमा तिमिलाई देखिरहे
खुसी हुन्छ मेरो मन तिमिलाई देखेपछि
तिम्रो सुन्दरलाई मैले नियालेर हेरेपछि
सुन्दर लाग्छ यो संसार तिमि सँग जिउन पाए पछि
एकान्तमा तिम्रो सामु मनको कुरा राख्न पाए पछि
मैले तिमिलाई धेरै समय सम्म खोजिरहे
तिम्रै मिठा मिठा गफ सुन्न बाटो कुरी हेरीरहे
तिम्रो सुनाएका मिठा कथाहरु मैले सुन्दै गएपछि
शान्त मेरो मनमा मायाका कोसेलिहरुले सजाएपछि
यति माया दियौ कि मलाई तिमिले बाच्न सिकायौ
जिवनलाई मायाले सजायर हाम्रो घरबार बनायौ
– दिपायल सिलगढी
नगरपालिका वडा नं.२ दिपायल डोटी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )