कविता : हुने बिरूवाको चिल्लो पात डा. महेन्द्र पी लामा

~स्नेहलता राई~

हुने बिरूवाको चिल्लो पात
भारतीय गोर्खाहरूका श्रीपेच
डा. महेन्द्र पी लामा.
म यस्तै सम्झन्छु
जब सिंहमारी तेस्रोमा भानुग्रामको
त्यो प्राथमिक पाठशालालाई देख्छु
उऩको विद्याको प्रथम घडेरी
म जस्तै शिक्षक-शिक्षिकाको काखमा
हाम्रो जस्तै चारकोठे प्राथमिक पाठशालामा
श्रीगणेश भएथ्यो
विद्याका क, ख, ग र 1, 2, 3, अंकहरूमा
हुने बिरूवा जहीं पनि…
उम्रन सक्दो रहेछ
उम्रेर कम उमेरमा नै पनि
लट्टरम्मै उपलब्धिका फलहरू
दिन सक्दो रहेछ समाजलाई
अभिभावकलाई पनि मेरो आह्रान
यी हाम्रा गौरव डा. महेन्द्र पी. लामालाई
चाहिएन दामी, महंगो अंग्रेजी नर्सरी
यही माटो र धूलोमा लड्बडी गरी
उनले बटुले अमूल्य ज्ञानका खानी
उनी बने साहित्य र अर्थशास्त्रका
उद्यमी प्रखर ज्ञाता
जवाहरलाल नेहरू विश्वविद्यालयका
दक्षिण एशियाई अर्थशास्त्रका नामी ब्याख्याता
हामी भारतीय गोर्खेहरूका पहिचान
र साँचो शुभचिन्तक
सम्पूर्ण भारत देशकै निम्ति
अनेकौ जटिल विषयहरू र मञ्चहरूका
प्रतिनिधित्व गर्ने एक सुयोग्य व्यक्ति
उनी भर्खरै आसीन हुऩ पुगे
सिक्किमका प्रथम केन्द्रिय विश्वविद्यालयका
प्रथम नेपाली समुदायका
प्रथम भाइस चान्सलर भएर।
हामी गौरव गर्छौ उनीप्रति
दार्जीलिङको आमाको कोखले
यस्ता विद्वान सपुत जन्माए
धन्य हुन् ती जननी
जसले दशधारा दूधमा
महेन्द्र पी लामाले
माता सरस्वतीको पञ्चामृत पिएछ
जसको उच्च आकांक्षा
आफ्नो जातिको उन्नति प्रगति
जसको जीवनको लालसा
आफ्नो जातिलाई कुम्भकरणको नींदबाट
बिउँझ्याउने हराएका चेहरा फर्काई ल्याउने
कति महन विचारका धनी उनी
अहिलेका अस्वस्थ दार्जीलिङको प्रसुति गृहमा
तिमी जस्तै स्वास्थ सपुतको जन्मको -डा.महेन्द्र पी. लामा
शुभ आवगमनलाई
ह्रदयबाटै भव्य स्वागत
यसैले म जस्तो क, ख ग पढाउने शिक्षिकाहरूका
मनाकाशबाट,
म जस्तै दार्जीलिङका आमाहरूका
ह्रदयको तहैबाट
बधाईका सहस्रौं फुलवर्षा
शुभकामनाका सहस्रौं फूलवर्षा

-माउन्ट हर्मन दार्जीलिङ

(स्रोत : हिमगिरि नेपाली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.