कविता : कलिजुग लागेको सवाई

~वसन्त शर्मा लुइटेल~

सुन सुन पाच सुन सत्यजुग गयो
कलिजुग लागेको सवाई कहन्छु

बुझिनसक्नु कलिको रङ्ग
चौथो प्रहरमा पार्‍यो भताभुङ्ग
डगमग पृथिवी भयो कम्पमान
भतगाउन लाग्यो देउताको थान

भदगाउ तलेज्यु सतिकि माई
भैचालो आयो भदगाउ जाई
झिङटिको छाना भताभुंग पार्‍यो
तिन् सये आदमि घरैभित्र मार्‍यो

कोही मर्‍यो कोठा कोही मर्‍यो चोटा
न्यावारका छोराछोरि पार्‍यो येकै रोटा
भदगाउ सहरकि पकि हवेली
बुग्मतिमाहा पर्‍यो भगेबलि

थोत्रा घरको राषेन आस
दुनियालाई पार्‍यो पषेरामा वास
बाईस्वटा नेवार बाहाल्भित्र पारिहाल्यो नास

छिन् येकमाहा यो विधि भयो
नरनाथ विचारिको जिउ पनि गयो
तस दिन भैचालो गयो छिन येकमाहा
सात जिउ मर्‍यो हरिसिधिमाहा

षोकना सहरको राषेन छाना
भताभुंग पार्‍यो देउताको थान
छिन येकमाहा भैचालो छुड्यो
जगंनाथ्को देवलको गजुरै चुड्यो

कुरिमन्डल् धुवा उडिगयो छारो
टुडिषेल्को ढोका फुटिगयो गारो
मुलुकमाहा भैचालो तसै दिन नाच्यो
टुडिषेल्को ढोका धर्मले बाँच्यो

(सम्पादक :कृष्ण भक्तिधारा श्रीकृष्णको जीवनसँग सम्बन्धित विविध पक्षलाई विषयवस्तु बनाई आफ्ना भावना व्यक्त गर्ने कविहरुमा वसन्त शर्मा लुइटेल प्रमुख तथा केन्द्रीय प्रतिभा हुनुहुन्छ । उहाँका समुद्रलहरी खण्डकाव्य र कृष्णचरित्र खण्डकाव्य(१८८२) दुई कृति रहेकाछन् । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.