भीष्म जोशीका पाँच मुक्तकहरू

~भीष्म जोशी~Bhishma joshi

१.
यै बेला पैसाको अभाव आयो,
बाइक किन्नै पर्ने दबाब आयो ।
नाइँ ,त्यो फिल्म म हेर्दै हेर्दिन,
ट्रेलर हेरेरै तनाव आयो ।।

२.
कहिलेकाहीँ केटीको टेन्सन ,
प्राय:जसो घरबेटीको टेन्सन ।
दर्शन गर्न देवल जाँदा,
देवतालाई पनि भेटीको टेन्सन ।।

३.
अछामको विकट गाउँमा स्कुल बनाउछु।
वारि-पारी गाउँ जोड्ने पुल बनाउछु ।
छुवाछुत र विभेदलाई जरैदेखि अन्त्य गरि,
पानी खाने सबको एउटै मुल बनाउछु ।।

४.
पूज्य माता-पितालाई ढोग छ भन्दिनु ,
बिरामी यो शहरलाई रोग छ भन्दिनु ।
रहर हैन,कहरले शहरमा बसीरा’छु !
काठमाडौंमा यो छोराको बिजोग छ भन्दिनु ।।

५.
सबै पैसा तासमा हारें ।
आफ्नासंग फरासमा हारें ।
सफलताको शिखर चुम्छु भन्थ्यौं,
अर्कैलाई चुम्यौ, विश्वासमा हारें ।।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.