गजल : पर्खाल ढाल्न आउँछौ की ?

~इन्द्रकुमार ‘विकल्प’~

तिम्रो मेरो बीचको पर्खाल ढाल्न आउँछौ की ?
छियाछिया मुटु मेरो टाल्न आउँछौ की ?

अँधेरीमा जूनकीरी गिज्याउन थाले
धिपधिप बत्ती तिमी बाल्न आउँछौ की ?

तिम्रो मेरो भूल यौटा भयो जिन्दगीमा
अडिएका पाइला फेरि चाल्न आउँछौ की ?

उज्यालीमा हराउने अँधेरीमा रम्ने
मन्मा उब्जिएको कस फाल्न आउँछौ की ?

– कुश्मा, पर्वत

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.