कविता : धेरै दिनपछि आँखा उघारेर हेर्दा !

~सुजन बुढाथोकी ‘कान्छा’~

उज्यालो प्रकृति आफै कालो भयो
जब एक अलौकिक ईतिहास बोकेर
यो सृस्टिमा
सबैभन्दा ठूलो दृष्टि बिनासक
ग्रह खस्यो,र बस्यो आकासको सट्टामा
जिवनभर त्यही डेरा जमाएर ।

बिकिरणबाला रे
धर्तिमा झर्यो
र त्यो मान्छेको आखामै पर्यो !

बैग्यानिक
सरकार
शैनिक
र नागरिक
सबै सबै त्रसित भए !

बिग्यानले इन्सानहरुलाइ
मङ्गल ग्रहमा लैजाने बारे सोचिरह्यो
तर,अफसोच उस्ले पनि हार खायो
पृथ्बी ध्वस्त पार्ने एटम बम बनायो
तर त्यो ग्रहलाई मार्ने
कुनै हतियार नै बनाउन सकेन ।

एकाएक चमत्कार भयो
र पछि त्यो ग्रह आफै
सडकमा खुलेयामा हिड्न थाल्यो
अनि हरेक मानव बस्तिहरुमाहरुमा आएर
डाका झै गरेर मान्छेहरुलाइ तर्साइरह्यो ।

आखाको दिब्य ज्योती गुम्छ भनेर
आखामा कालो पट्टि बाधेर
दुबै आखाहरुलाइ नजरबन्द गरियो
र थुनियो आखाहरुसङ्गै सबै झ्यालढोकाहरु !

मान्छेहरुले लाख कोसिस गरेर
हजार जालहरु बिछ्याएर
त्यस्लाइ घरबाट भगाउन खोजिरहे
तर त्यो झनझन मान्छेको आगनहुदै
नयनमै आएर बस्यो
र बसिरह्यो !

उज्यालो प्रकृति आफै कालो भयो
जब श्रीस्टीमा दृष्टि बिनासक ग्रह खस्यो
तब एकाएक सबै आखाहरु लक गरियो ।
र फगत खोसियो आखाले हेर्न पाउने अधिकारहरु
फलत दिउसै रात पर्यो
तराइमा तुषारापात पर्यो
र रोकियो: पर्यटन
जब यो पृथ्बिलाइ बज्र फ्याकेर गगन ग्रज्रीयो
तब सन्सारमा कै पनि बिस्वासको प्रकाश भेटिएन
आखामा केवल कालो बादल र अन्धकार थियो
र थिए पृथ्बिभरी अखङ्गख्य उल्का पिण्डहरु

आजिवन अन्धो हुने सन्त्रासले
पछि मान्छेहरुले मनबाटै
त्यो ग्रहको भयलाइ झिकेर फ्याकिदिए
र आखाको पट्टि उतारे।

अन्कन्टार ती रातहरुहुँदै
प्रभातमा निन्द्रा खुलेपछी
छितिजमा देखिने पहिलो सुर्यदय
निश्चय,जस्ले बोकेर ल्याएको छ
उज्याला भबिस्य अनि आसाका किरणहरु
र सपनाभित्र पनि अनन्त सम्भावनाहरु

आगनमा घाम झुल्किरहेको आभाष भो
र एका बिहान ऐ सुर्योदय भएको भान भो

त्यही थियो
समय !
हिमाल पहाड तराइ
अनि पृथ्बी
त्यसैगरी उभिरहेकै थियो

सुतिरहेको थियो
आकास
अनि सुतिरहेकै थियो
सडक सहर
सफर र लछ्यहरु ।

पृथ्बी सुर्यको बरिपरि घुमिरहेकै थियो ।
अनि आखाभरी सपना सजाएर
मान्छेहरु हिडिरहेकै थिए ।

बर्सौबर्स पछि
कोक्रोमा सुतेर ब्युझिएको बालक
या,बुझिएर सडक
हिडिरहेको कुनै अथक यात्री झै
वा,हजार मायलको यात्रा तय गर्ने कुनै पर्यटक
र चुकुल झुन्डिरहेका ती स्कुलका पुस्तकहरु………

हो त्यो दिन त्यसैगरि खोलिए
ताला लागेका आखाका डोबहरु
अस्पतालमा,आखाको अपरेशन पश्चात्
होसमा आएर अनि बिस्तारै आखा उघारेर
झ्यालका सिसाबाट बाहिर हेर्दा देखिने
कुनै रङ्गिन दृस्यहरु झै
सबै सबै पुर्वबत अबस्थामै थिए
र तिनिहरु त्यहि र त्यसैगरी भेटिए।

कस्ले भन्यो मान्छे अतितलाइ
सम्झिएर बाच्न सक्दैन भनेर
जब त्यो पहाडका यी ओकालि ओरालिहरु हुँदै
अघाडी बढिरहेको कुनौ घाडी अकस्मात बिग्रीन्छ
मर्मत पश्चात्
तब,त्यो अलिकती ओरालो झर्छ
अनि मात्र त्यो अघाडी बढ्छ ।

हो तिनै इन्जिन र मेशिनहरु झै गरेर
थलिएका थिए खुट्टाहरु ।
हात भाचिएर अनि खत लागेर खुट्टाबाट
जति नै रगत बगे पनि
आखिर एउटा लौरोको भरमा
आफ्ना पाइलाहरु अघाडी बढाउनु पर्ने
माथीबाट जति नै हिउँ पनि
एउटा क्याइलम्बर भए पछि
जो कोहिलाइ हिमालमा हिड्नै पर्ने
र पहाडबाट जति नै पहिरो झरे पनि
एउटा ड्राइभर भएपछी
जो कोहिलाइ जसरि भए पनि
गाढी चलाउनु पर्ने ।

हो हामी पनि एउटा ड्राइभर नै हौ
तर,गाडीको हैन
जिन्दगिको ।

र सायद यहि नै हो
परिस्थिती र मानव जिवनको
अस्तित्व बिचको युद्द र सङ्गघर्ष

कस्ले भन्यो अतितमा सल्झिएर
मान्छे अघाडी बढ्न सक्दैन भनेर
आखाको जति नै ठूलो अपरेशन गरे पनि
या,हालत बिग्रीएर जति नै बिरामी भए पनि
र यो जिवनमा जती नै ठूलो योजना भए पनि
पत्यार लाग्दैन सायद,
यो सन्सार हेर्ने अधुरा सपना पूरा गर्नलाई
अन्तत ,म फर्किए पुरानै बिगतमा !

कुनै पृथ्बिप्रेमी देसभक्तको सपना जस्तै
बिहानै उठ्ने बितिक्कै
हिमाल देख्न पाइयोस
बिहान उठ्ने बितिकै
नेपाल देख्न पाइयोस
भने झै गरि ।

र दिनभरी लगाएर धित मरुन्झेल हेरियो
सुर्योदय !
घाम !
कार्यलय !
काम !
अनि सदरमुकाम !
हिडियो
आइड्रप हालेर
आखामा पावरवाला चस्मा लाएर ।

र खोलियो
थुनामा थुनिएर बसेका पुराना सम्बन्धहरु झै
बर्सौबर्स कुनामा कुजिएर
बसिरहेका कागजपत्रहरु।

तर,सबैभन्दा दुखद खबर
त्यो ग्रह
कुन बखत
कुन अबस्था र कहाँ भेटिने हो ।
कसैलाइ पनि कै पत्तो छैन।

र सबैभन्दा खुशिको खबर
चराका बन्दी बेचेराहरु जस्ता
ती कलिला नानिहरु
दैनिक बिध्यालय फर्खिएर
अनि शैछिक भ्रमणमा निस्किएर
एक आजाद आकास
र त्यो सफेद बातावरण घुमिरहे झै गरेर
घुमियो सबतरफ
धेरै दिन पछि आँखा उघारेर हेर्दा
र देखियो एउटा सुन्दर देस ।

हो त्यो त्यही समय थियो
जुन समय ,चारमहिना पश्चात्
जब लकडाउन खोलियो ।

रचना मिति :२०७७/०४/०९
पर्यटन,यातायातहुँदै बिस्तारै बिध्यालय पनि खोल्नु पर्ने अपेछ्या । यहाँ लकडाउन पछिको यात्रालाइ मानव जिवनको अस्तित्वको रुपमा उभियार अध्ययन गर्न खोजेको हो ।भने यहाँ आएको द्रीस्टी बिनासक ग्रह भनेको कोरोना भाइरसको बिम्ब नै हो ।भने पावरबाला चस्मा जस्ता केही प्रतिकहरु कोरोना भाइरसका सावधानी सामाग्रीहरु हुन ।

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.