~द्वारिका छेत्री~
यदि नहुदो हो संसारमा हवशको पुजारी
वेश्या कदाचित हुने थिएन नारी
जन्मैले कोही वेश्या हुदैन
वेश्या हो अवसरवादी समसमाजको
मानसिक विकृतिको चिन्हारी।
सम्भव थिएन देहको व्यापार
यदि नहुँदो हो शहरमा खरिदार
कोही पेटको त कोही हवशको भोकले लाचार
वेश्यवृत्तिमा स्त्री पुरुष दुवै दायी छन् बराबर ।
हो देह बेचेर पैसा कमाउँछ उसले
तर, पैसा तिरेर किन्छ त पुरुषले
के वेश्याको दाँजोमा उाउँदैन त्यो पुरुष रु
प्रश्न उसैलाई, नारीलाई वेश्या भनी गालि गर्छ जसले।
त्यसबेला समाजका ठेकेदार कहाँ हुन्छ
जब एउटा अबोध बालिकाको मोल तोकिन्छ
केवल शरिरको भोक मेटाउन
उसलाई जबरजस्ती हवशको आगोमा झोकिन्छ।
प्रश्न होइन जवाफ खोज्नु आफैभित्र
केलाउनु कुनैदिन फुर्सदमा वेश्याको अस्तित्व
वेश्या हो पुरुषवादी समाजलाई ऐना
आफै खराब हुन्न नारीको चरित्र।
विन्ती सबैलाई हे नर हे नारी
वेश्या भनी आईमाईलाई नदिनु कहिले गाली
कोख होला उसको तर वंश त उहीँ पुरुषको
पक्षपात पंसाएर जवाफ दिने, सभ्य समाजको पाली
वेश्याको सन्तानको केही अधिकार हुदैन
शिक्षा र सहुलियत सायद, त्यहाँसम्म पुग्दैन
के वेश्याको छोरी वेश्या नै भएर जिउनु पर्ने त !
शिक्षित समाजको कर्तव्य हो तिनको भविष्य सुधार्ने ।।
शब्दार्थ
हवश -कामवासनामा लठ्ठिएको, कामातुर, स्त्रीलम्पट
द्वारिका छेत्री,
खर्साङ्ग, दार्जीलिङ
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)