कविता : मेरो विन्ति छ कान्छा, दसैंमा चाँडै घर फिरी आउ

~स्वर्णिम गुरुङ~

पोहोर सालै किरिया हालेथ्यौ कान्छा,
दसैंमा घर फिरि आउने
चौबन्दी,चुरा र फुलबुट्टे फरिया,
दसैंको कोशेली बोकी ल्याउने ।
डाँडा घरे जेठा तामाङ घर फिरि आका ,
गोडा दशेक दिन भई सक्यो क्यारे।
तिम्रो चाइने क्या खबर छ कान्छा,
दसैंमा घर फिरि आउने कि नआउने ?
मैले त भन्द्या छु है कान्छा
अरू चाइने केही गरे नगरे,
पोहोर साल बन्धकी राख्या नौगेडी मेरो ,
यो पाली त पक्कै उम्काउने।
सुन्छौ नी कान्छा ।

गाँव घर यहाँ रमाइलो भई रा छ,
टारमा मेला नी लाग्ने भा छ ।
बिर्खे बडा घरकाँ दसैंको जगजगी छ है,
मारमा गतिलो राँगा उनकै याँ ढाल्ने भा छ।
ठुली ,डल्ली, नरमाया फुपुकाँ,
चुना मिट्टी पोति सक्यो क्यारे ।
हाम्रै घर मात्रै अन्ध्यारो भइ राख्या छ कान्छा,
घरले तिमीलाई नै कुरि राख्या छ।
सबैलाई हेर्छु सबै छन् खुसी,
आफ्नो त मन् सधैं छ दुस्खी
खसम छ टाडो कोख छ बाँझो ,
चाँड( पर्वमा मन अड्याउन् तिम्रै छ खाँचो ।
के गरि हुन्छ चाँडै घर फिर्,
नरोपे है कान्छा मेरो मुटुमा तिर
जीवनको त भर नै के र रु
आउँदो साल हामी रहे नरहे ।
यसैले मेरो विन्ति छ कान्छा,
दसैंमा चाँडै घर फिरि आउने ।

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.