~नेकी धनेन्द्र~
क्षितिज मात्र देखिने गरि वसाइ सरेपछि पहाडहरुको रमाइलो अनि मिठो स्वच्छ हावा पानीको वातावरणलाई कसरी अनुभुत गर्न सकिन्थ्यो र ? झन त शहर कस्तो पापी हुन्छ त्यसमाथि पनि खान लाउन नपाएर यहाँ पुगेका मान्छेको गति कस्तो हुदो हो र । मल्लिका आजकल गाउँबाट शहर झरेपछि फूर्तिली र रहन सहनमा परिवर्तन भएकी रैछे विचरी पहाडतिर छदा मागेर छाक गुजरा गर्ने मान्छे यहा त मिठो मिठो खाने राम्रो राम्रो लाउने गर्ने रैछे । उसको बाउको बालकै हुदा स्वर्गारोहन भैसकेको थियो उसकी आमाले मुखको खान लागेको गास पनि तानेर दिन्थइन । त्यसरी ठूलि भएकी हो कसरी यति ठूलो प्रगति गरिछ । अहिले कोठामा टि.भि छ , स्टिलको सिसा भएको दराज छ , कपडाको आइरन छ , ग्यास चुलो छ , शोफासेट छन्, बाकस छ । भाडाकुडा सजाइएको ¥याक छ त्यस्तै किताब सजाइएको पनि छ । पलंगमा सुत्ने रैछे । धेरै माथि उठिसकेकी रैछे । भाषामा पनि कति राम्रो सुधार भएछ । शुरुमा त चिन्नै नसकेको । वजारिया भैहालिछे । उसकी आमा गाउँमा अझै पनि मागेर गुजरा चलाइरहेकी हुन्छे । यसलाई त गाउँका मास्टरले पढाइ राम्रो छ भनेर यहाँ पठाएका थिए त्यसैले यति ठूलो प्रगति गरि होला । सबै खर्च तिनै मास्टरले बेहोर्छु भनेका थिए अरे । क्याम्पसमा पढ्न विहा नै गहिहाल्दि रैछे । आज पानी परेको छ तै पनि उ क्याम्पस गइछे । भर्खर एस.एल.सी को परिक्षाको नतिजा पनि प्रकासित भएछ । उसका गाउँघरक थुप्रै पास भएछन् । तर नेपालभरिबाट सबै भन्दा कम प्रतिशत पास भएको वर्ष भएपनि । उ प्राविधिक कलेजमा स्कुलरसिपमा पढ्ने रैछे तसर्थ क्याम्पसले उल्टै महिनाको पाँच हजार रुपैयाँ दिने गरेको रहेछ । यो पटक उसको मुख ताकेर धेरै उसका आफन्त आएका छन् । मल्लिका पढ्ने कलेजमा पढ्नलाई । उसले धेरैलाई एडमिसन हन्ड्रेड प्रसेन्ट हुन्छ भनेर ग्यारिन्ट समेत गरेर बोलाएकी रैछ ।
कसैलाई एक लाख रुपैया लिएर आउनु भनेकी रैछे त कसैलाई ५० हजार भन्दा माथि ल्याउनु मजाले तपाइहरुको नाम निस्कन्छ पैसा जम्मा गरेर मात्र आउनुस् भनेर आस्वासन बाँडेकी रहिछे । त्यही अनुसार गाउँका तिन चार जना पैसा बोकेर प्रवेश परिक्षा दिन शहरतिर झरेका रहेछन् । गाउँतिरको पढाइ गतिलो नभएर होला पढाइमा चारपाँच जना मध्ये एकजना मात्र धेरै तगडा रहेछ । अरु सबै लद्दु रहेछन् । उनको सल्लाह अनुसार आएर सबैले प्रवेश परिक्षा दिए केही समय पछि रिजल्ट पनि आयो । त्यति मध्ये एक जना तगडा द्यिार्थीको मात्र नाम निस्कियो । अरु कसैको पनि निस्किएन । मल्लिकाले दिएको वचन खेर गइसक्यो तै पनि फेल भएकाहरुलाई झुलाइरहेकी छ । उ भन्दै छे मैले तपाइहरुको लागि व्यवस्था गरिसकेकी छु । त्यहाभित्र पनि एक जना उनलाई सहयोग मिल्ने खालको मान्छेलाई आफूसँगै हिडाइरहेकी छे । कहिले उसको विद्यार्थी संगठनको कार्याक्रममा सँग लिन्छे त कहिले सरहरु र कलेजहरुलाई थर्काउन सँग लिन्छे । एकदिन त यस्तो पनि गरिदिइ कि एकाविहानै खाना नै नखाएको मान्छेलाई बोलाएर कलेजलाइ धम्काउन पठाइ तर काम भैसके पछि केटाहरुको वाइक चढी बाहिर गइहालि विचार गोपाल विच शहरमा कहिलै पनि नआएको ठाउँमा एक्लै रण भूलमा परेपछि रिसले थरथरी कापेछ । भोक लागेर त्यसमै हैरान । उ सँग भएको सबै पैसा ल्याएर मल्लिकालाई पहिले नै बुझइ सकेको रहेछ । उ सँग चिया पिउने पैसा पनि नभएर दिनभर भोकै शहरका प्रत्येक गल्लि र चोकहरुमा सोध्दै कोठा सम्म पुगेछ । बल्ल तल्ल कोठा पुगेर सबै साथिलाई मल्लिकाले हामीलाई छल्दै छे अब पैसा फिर्ता मागेर घर गइ उतैका पलस टुहरु पढ्नु राम्रो हुनेछ भनेर जानकारी गरायो । उनीहरुले पनि झुलाइरहेको महशुस गरिरहेका रहेछन् ।
साझपख भयो मल्लिका उनीहरुकै कोठा आइ अब सबैलाई पढ्ने व्यवस्था हुने भयो त्यसैले म गोपाललाई त्यहा छोडेर हतार हतार गर्दै अर्को कलेजमा गएको भनेर मख्ख बनाइ हालि गोपाल बाहेक सबै जनाले पत्याइ हाले । किनकि उसलाई थाहा थियो केटासँग मोज गर्न बाइकमा हुइकिएको । उसले आफ्नो पैसा माग्दै भन्यो अब मैले यो प्राविधि सिधिक केही हुुनु छैन मेरा पैसा दिनुस् मत उतैको पलस टुमा गएर पढ्नु पर्ला यहाको हावा पानी नै ठिक लागेन । धेरै मोटिभेसन गरि तर उसले ढिपी गरेर पैसा नदिइ धरै नपाउने भइ । उसले सबैको पैसा लिएर बैंकमा ब्यालेन्स गरिसकेकी रहिछे । त्यसो भए तिमी भोलि ११ वजे पैसा लैजानु मेरो कोठा आएर भनि ।
अरु सबैलाई मोटी भेसन गरेकोले पैसा मागेनन् । कारण उनीहरुले बुझेनन् आफ्नै गाउँठाउँकी साधारण परिवारबाट आएकी त्यसमै पनि गाउँका भलाद्मी मास्टरले शहरमा पढ्न पठाएकी मन्छेलाई विश्वास पनि कसरी नगरुन । भोलिपल्ट उसै समयमा गएर उ पैसा फिर्ता लिएर घरतिर जाने भैसक्यो नाम निक्लेकाबाट पनि पैसा पहिले नै लिइकेकी थिइ । तसर्थ उसलाई एकलाख जति फाइदा भैसकेछ । उसले सबैलाई आश्वासन दिने अनि जसले परिक्षामा नाम निकाल्न सक्छ त्यसैबाट पैसा खाने गर्दि रहिछे । यो त गाउँको मात्र कुरा हो यस्तै आश्वासन त जसलाइृ पनि बाडेकी रहिछे धेरै मान्छे आउँदै जाँदै गर्थे । अरु एक दुइजनाले पनि नाम निकालेछन् । तिनीहरुबाट पनि मोटै रकम असुली होलि । गोपाल गइसकेपछि उनीहरुको दिमागले पनि काम गरेपछि पैसा फिर्ता मागेर नाम निकालेको कवि बाहेक सबैजना घरतिर लागे । कविको एडमिसन भैसकेपछि उ दिनदिनै पढ्न क्याम्पस जान थाल्यो । मल्किाको पनि सेकेन्ड एयर भएकोले पढ्न सधै कयाम्पस जान्थिइ नै । गोपाल घर पुगेको एकदुइ दिन पछि उसका अन्य साथिहरु पनि घर पुगेको देखेर गोपालले भन्यो पहिले नै भनेको थिए नि नहुने कुरा गर्दै छे भनेर । उनीहरु निङ्चिङ्ग हासे ।
आते, जाते र खाते खर्च लागेको हुँदा उनीहरुका घरपरिवार पनि बहुत क्रुद्ध भएर मल्लिकालाई गालीगरिहेका थिए । तराइमा वर्षा याम भएकोले ताल तलैया मात्र देखिन्थे । कविले आजभोल गाउँघर सम्झिरहेको छ । मल्लिकको व्यवहार देखेर अचम्म मान्छ तर केही प्रतिक्रिया दिन सक्दैन् । मल्लिकालाई उ एक्लै कहिलै पनि देख्दैन उसका पछाडी जम्मै केटाहरु मात्र लागेका हुन्छन् । केटाहरु पनि क्याम्पस पढ्नेवाल भएपनि हुने हो को हुन को ? कोही उमेर ढल्किसकेका पनि उसको साथमा हिडेका देख्छ । उसले आजभोली निकै केरकार गरेको हुन्छ यो कुरा मल्लिकालाई जानकारी हुदैन या त उसको वास्ता नै नगरि जम्मैसँग अवैध समबन्ध राखेकी हुन्छे । उसले यो खेलोबाट पनि पैसा टन्नै कमाउने रैछे । त्यसैले रहेछ उ सँग यत्रो फुर्तिफार्ति भएको । नत्र कसरी यति महङ्गो शहरमा यति धेरै फ्यासिलिटीका साथ बस्न सक्ने हो एउटा विद्यार्थी जीवन धकेलिरहेकी मान्छेले त्यसमा पनि घरपरिवार त्यस्तै खानदानको भएपनि हुने हो नि । यस्तै धेरै नराम्रो लतमा फसेको देखेर, गएर सम्झइ हालौ की भन्ने पनि कविलाई लागेकै हो तर भन्न सकेन । उता कलेजकै एकजना सँग लभको नाटक पनि गरेकी रहिछे । त्यो पनि प्रमाणित हुँदै गयो । उ विचरा पनि कस्तो घागड रहेछ वास्तविकता नबुझि मल्लिका तिमी विना पागल हुन्छु , मर्छु यस्तै विभिन्न शब्दहरुले एस एम एस लेखेर पठाउँदो रहेछ । त्यस्तै माया पनि गर्दो रहेछ । यता मल्लिकाको लत भने दिनमा एक दुइजना ग्राहक नहुन्जेल खाएको अखायो हुन्छ । यो देखेर कविलाई शहर छोडेर गाउँघर तिर नै जान मन लाग्छ तर पैसा डुवाइ सकेको हुनाले उ जस्तो सुकै भएपनि शहरलाई छोड्न नसक्ने भएको छ जस्तो कि मल्लीकालाई ग्राहक नभए अर्थात देह व्यापार विना खान लाउन पुग्दैन घरमा उसकी आमाले उल्टै आश गर्छिन कलेजले दिने जाबो पाँच हजारले कसरी एक महिना भरि खान लाउन पुगोस ।
यस्तै नाजुक अवस्थामा पु¥याउने रहेछ शहरले तर उसले केटा भने राम्रै पाउने भइ किन कि मल्लीका विना मर्छु भन्ने जाड रक्सि तथा लागु पदार्थको लतमा नफसेको दुर्गमतिरको मान्छे रहेछ । उसको कोठा मल्लिकाको भन्दा धेरै टाढा रहेछ , पढाइमा लगनशिल भएकोले काम परे मात्र शहर वजारतिर जाने नत्र कोठामा नै अध्ययनलाई निरन्तरता दिने गरेको रहेछ । अनि मल्लीकाको असली रुप उसलाई के थाहा । कहिलै वजार घुम्ने भए पो देख्दो हो तमासा । देखावटी बाहिरको आवरण हेरेर उसले मन पराएको छ । उसको वास्तविकता नबुझेर पागल बनेको छ । उसको तेस्रो वर्ष भइसकेको हुदा परिक्षाको तयारीमा जुटेकोले कविले कहिले काही क्याम्पसमा देख्थ्यो उसलाई । मल्लीका पनि फोनमा त भर्जिन जस्तो बन्थि ग्राहक काखमा पल्टेका हुन्थे तर फोनमा भने म तिम्रो बाहेक अरु कसैको हुन सक्दिन , मैले अहिले सम्म यौनसम्बन्धको महशुस गर्न सकेकी छैन भनेर उसलाई मख्ख बनाउथिइ । यसरी लतमा फसेकी मान्छेलाई कसले उकास्न सक्थ्यो र ? घरपरिवार पनि आमा बाहेक अरु को नै थियो र उसलार्इृ राम्रो बाटोमा लगाउने जे गरेपनि गाउँको त्यही भलाद्मी मास्टरले गर्ने हो उसले पनि आजकल सहयोग गर्न छोडि सकेछ । सायद यो कुरा उसको कान सम्म पुगेर होला ? मल्लीकालाई आफ्नै छोरी सरह मानेर पढाउने प्रतिवद्धतालाई विचमै तोडिदिएको छ । मल्लिक नितान्त एक्लि भएपनि रमझममा भएपनि एक्लो महशुस गर्ने गर्थिइ कहिले काही धेरै निरास हुन्थिइ आफ्नी आमाकोबारेमा सोच्थिइ ।
आफ्नो जिन्दगी देखि हरेश खाएर आत्मा हत्या नै गरिदिउ कि भन्ने सम्मनको सोचाइमा पुग्थिइ तर त्यसो गर्न भने सकेकी छैन् । एक दिन उसले आमाको मृत्युको खबर पाइ र बहुला जस्ती भइ । तराइबाट त्यो ठाउँ पुग्न गाडी चढेर पनि तिन दिन लाग्ने भएकाले खबर धेरै पछि सुनि , नत आमाको लास देख्न पाइ । उसलाई मास्टरले चिठी लेखेर पठाएको रहेछ । अरु को नै थियो र आफन्त काज क्रिया पनि उनैले गरेछन् । यस्तो आधुनिक जमनामा पनि त्यो ठाउँमा फोन सुविधा नहुनुले कति सम्म पिछडिएको ठाउँमा बस्दा रहेछन् भन्ने प्रमाणित हुन्छ । उ रुन कराउन थाली । कविले पनि यो कुरा थाहा पाइसकेपछि गएर सान्तावना दिने प्रयास ग¥यो तर कसरी सम्झाउनु उल्टै आँशु मिसाएर फर्कियो । तिन हप्ता सम्म उसले सबै काम छोडि मात्र आमाको शोकमा डुबेर वसी । त्यसपछि फेरि आफ्ना उनै क्रियाकलापलाई निरन्तरता दिन थालि । यस्तै हुदा हुदा उसको परिक्षा पनि आयो परिक्षामा पहिलो वर्ष त प्रथम श्रेणि ल्याएर पास भएकी रहेछे तर यसपटक अनेकौ बाधा अड्चनाहरु आएर उसालई पास गर्न पनि मुस्किल हुने भएको छ । आजभोलि धेरै निरास अनुहार देखिन्छ तर पनि उही फेसनले भने छोडेको हुदैन ।
ग्राहकहरु पनि आउँछन् कलेजका केटाहरु पनि आउँछन् आजभोलि उसले केटालाई मुस्कान मात्र बाड्छे अहिले सम्म पनि उसले कसैलाई निशुल्क जवानी पस्केकी छैन् । उसको नाममा करिव पन्ध्र सोह्र लाख रुपैया जम्मा भैसकेको छ । उसलाई जीवनभरि पनि खान लाउन पुग्छ तर एचआइभि एड्सको संक्रमन भइसकेको रहेछ । त्यो कुरा कविलाई मात्र थाहा भो उसले बाहिर कसैलाइै पनि भन्न चाहेन । उसको परिक्षाको अब केही दिन मात्र बाकी थियो स्वास्थ परिक्षण गरेको रिपोर्ट हेर्दै उसले एकोहोरो निर्णय गरि यत्रो रोग पालेर बाँच्नु ठिक होइन , अब मलाई कसैले घृणा नगर्ने गरि समयमै यो संसारबाट विदा हुनुपर्छ भन्ने निर्णय गर्छे अनि उही केटा जसले मल्लिकालाई तिमी बिना पागल हुन्छु मर्छु भन्नेलाई सम्झिन्छे । उ पनि यो रोगको सिकार हुनु भन्दा एक्लै मर्नु ठिक छ भन्ने निर्णय गरेर पासो लगाएर मर्छे । पछिल्लो दिन कलेजले उसको समवेदना ठाउँठाउँमा टास्छ । जसले मल्लीकालाई असाध्यै माया गथ्र्यो, त्यो केटाको कान सम्म उक्त खबर पुगेपछि साच्चिकै उ बहुला भएर त्यसै साँझ विष खाएर मर्छ अर्को दिन पनि कलेजले त्यसरी नै समवेदना टाँस्छ । कविलाई मात्र यो घट्नाको वास्तविकता थाहा हुन्छ । अरु सवैको अट्कलमा उनीहरुको लभ परेको थियो आन्तरिक खटपट भएर दुवैजना मरे भन्ने हो हल्ला मच्चिन्छ । कविले शहरको वास्तविक रुप चिनेर सजक भएर बस्दै छ । विचरा कस्को छोरा कस्का लागि अकालै म¥यो उसले यति धेरै विश्वासमा बाँचेको रहेछ । मल्लीका मर्दा रुने मान्छे को नै होला भनेको त उसको लागि ज्यानै दिने पनि रहेछन् नि ।
कवि यस्तै भावमा डुबेको छ यतिखेर । यतिखेर गहिरो सोचाइमा छ ‘आखिर यति धेरै पैसा कमाएर के नै मिल्यो उसलाई ? अन्त्यमा उही रित्तो हात मृत्यु नै अगाल्नु पर्छ सबैले ’ पढाइमा यति राम्रो भएकी मान्छेलाई यसरी इज्जत लुटाएर पैसा कमाउनुको के नै अर्थ थियो सायद उसले जीवन बुझ्न सकिन र शहरका पशुहरुको सिको गरेर पशुकै दर्जा पाएर जिन्दगी गुमाई ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)