कविता : मेरो देश नेपाल

~बाबु रोकामगर~

कति लेख्ने माया प्रेम र मिलन बिछोड का कुरा मात्र
अब त देशको वारेमा पनि केही लेखांै न है मित्र
के–के भईरहेको छ हाम्रो देशभित्र
मेरो देश नेपाल उच्च शिर सगरमाथा
विर गोर्खालीहरुले गाउँने विरताको गाथा
मेरो देश नेपाल माथी लागेको छ पराईको आँखा
रक्षा गर मेरो देश नेपाल र नेपालीको
“हे” भद्रकाली, दक्षिणकाली र सुपादेउराली माता
म मेरो देश नेपालको बिना बर्दिको सिपाही हुँ
के मैले मेरो देश नेपाललाई माया गर्न पाउदैन ?
म मेरो देशको नेपालको काँध थाम्ने दरिलो खम्बा हुँ
के मैले अन्याय,अत्याचारको बिरुद्ध बोल्न पाउदैन ?
फेरियन कहिल्यै मेरो देश नेपाल र नेपाली जनताहरुको मुहार
बदलियन कहिल्यै नेताका खोल ओढ्ने दलालहरुको बानी व्यबहार
कोरियन कहिल्यै देशका सिमा रेखा तराइलाई पनि बनाउन थाले बिहार
यस्तै परिस्थितीमा नेता भनाउदाहरु मनाइ रहेकाछन् हरेक दिन दशै, तिहार
भष्टाचार बढ्दै गयो बेरोजगार बढ्दै गयो
बिकास, रोजगार र देशको युवा शक्ती घट्दै गयो
सोझा जनताहरुलाई भ्रममा राखी
नेताहरुको कुर्ची खोस्ने र सत्ता जमाउने लहर बढ्दै गयो
अन्तमा नेपाल आमा र नेपाली जनाताको आशा
निराशामा ढल्दै गयो । ढल्दै गयो, ढल्दै गयो ।

(स्रोत : बिम्ब नेपाली साप्ताहिक – २०७३ साल भाद्र २८ गते)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.