चक्रप्रसाद भट्टका दुई मुक्तकहरू

~चक्रप्रसाद भट्ट~


तन एउटै मन एउटै अफ्सोच जीवन भएन
बाचा कसम प्रेमपनको अशल बन्धन भएन
सँधै अभावै अभाव भईरहन्छ मलाई अव त
समर्पण, बचन, चाहाना एउटै लगन भएन ।


आफू बस्ने नि मेरो घर रहेन
मैले बस्ने चौतारीको बर रहेन
आश कोही कसैको नभएरै होला
अव त बाँकी कुनै रहर रहेन ।

(स्रोत : बिम्ब नेपाली साप्ताहिक – २०७३ साल असाेज ११ गते)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.