~निशा कटवाल~
तिमी बिनाको जीवन
कहिले पर्खाईमा बिते,
कहिले आँशुमा डुबेर बिते,,
एकान्तमा बसेर तिमीलाई नै सम्झेर बिते,
कयौं रात कयौं दिन ओजलमै बिते
कहिले कहालिँदो रातमा ब्युझेर
सपनाहरु एक एक टुटे,
कहिले सागर झैँ आँखाबाट
आँशु झरेर नै बिते,
तिमी बिनाका ति पलहरु
न रंग न उमंग रोएर नै बिते
सजायका ति सपनाहरु एकएक बेलुन झैँ फुटे
देखेका ति सपनाहरु तिम्रो पर्खाईमा बिते
हेरक मनका चाहनाहरु पर्खाईमै बिते
कहिले तड्पिएर बिते
ति खुशीका पलहरु बाडी आएको नदि झैँ
धमिलिएर बिते
जीवनका उकाली ओरालीका ति गोरेटासंगै
जीवनका पलहरु पर्खाईका सुस्केरासंगै बिते
उदासी हावाहरु आई कहिले उडाई छरपास्ट त
कहिले भुमरी, भित्रै रुमलि दियो
यस्तै यस्तैमा दिन बिते
जीवनका हेरक क्षेण हरु तिम्रो प्रतिक्षाको पर्खाईमा बिते
निशा कटवाल
(स्रोत : बिम्ब नेपाली साप्ताहिक – २०७३ साल असाेज ११ गते)