~स्वर्निम गुरुङ~
उठ जाग !
हे नारी सबै
त्यो भीषण अन्ध्यारो यूग
बिति सक्यो।
छोरीको जन्म हारेको कर्म
उक्ति यो पुरानो भईसक्यो।
सबल छौ, सक्षम छौ
शिक्षाको ज्योति देखेकी छौ।
पिल्सिएर ,गुम्सिएर
अब बस्न होइन
निडर बन् ,स्वनिर्भर बन्
किनकि….
तिमी हौ नारी आधुनिक यूगको।
घरगृहस्थीको सेरोफेरो मात्रै
तिम्रो संसार होइन अब,
फराकिलो संसार छ तिम्रो अघि
जुट आफ्नो परिचय बनाउनलाई।
धेरै अवसरहरू छन तिम्रो अघि
आफ्नो प्रतिभा देखाउनलाई।
पुरूषको काँधमा काँध मिलाई
परिवार देखि समाज,
समाज देखि देश निर्माणमा
टेवा दिनसम्म
हर क्षेत्रमा तिम्रो परिश्रम र योगदान
स्विकार्य छ यो यूगलाई।
यसैले दोबाटोमा स्थापित शालिक झैं
नबस मुक र अचल बनी।
किनकि….
तिमी हौ नारी आधुनिक यूगको।
अबला होइन
शक्ति हो नारी,
दीन बनी आँसु बहाउन छोड्।
नबाँच अरूको निर्भरतामा अब
स्वावलम्बि बनी
शिर उठाइ हिड्न सिक।
आत्मसम्मानलाई जिउँदो राख,
अन्याय अत्यचारको
विरोध गर।
पुरूष समान पाएको हक र अधिकारको
निर्धक्क तर सठिक प्रयोग गर।
किनकि …
तिमी हौ नारी आधुनिक यूगको।
१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिलादिवसको शुभअवसरमा कविता
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)