गजल : यो मात कस्तो

~इन्द्रकुमार ‘विकल्प’~

नप्यूँदैमा लागेको यो मात कस्तो
तिमी बिना चाहेको यो रात कस्तो

टाढा—टाढा धेरै टाढा गयौ टाढा
टाढैबाट पसारेको हात कस्तो

विपना त तिम्रै पोल्टा भरि भयो
सपनिमा पनि खोज्यौ साथ कस्तो

नजिकमा हुँदाखेरि भागी हिड्यौ
साउतीमा गरेको त्यो बात कस्तो

रात तिम्रै, मात तिम्रै साथ तिम्रै
साथ खोज्यौ तर ग¥यौ घात कस्तो ।

– कुश्मा, पर्वत

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.