~साँज घले~
ममताकी खानी, त्याग-समर्पणकी देवी
यी सबै उपाधिले सुशोभित नारी
बन्द ओठ, आँसुले लेख्दै
कयौं अप्रकाशित पुस्तक झैं आफ्नो कहानी
जोगाएर पुरुष वीर्य आफ्नो गर्भमा
एउटा नवजीवलाई
आकार प्रफान गर्ने क्षमतावान नारी
स्वयंको अस्तित्व सिद्ध गर्ने युद्ध
माइतीदेखि ससुरालीसम्म जारी राख्दै
एउटा आदर्श छोरी, आदर्श बुहारी, आदर्श पत्नी
वाह ! नारीको नापतौलको शब्द कति सानो
खण्डित व्यक्तित्वमाथी घमण्ड गर्दै नारी
इच्छाहरुको बलिदान चढाउँदै
धरतीमा स्वर्गको सृजना गर्ने नारी
कन्यादानको रीतीसंगै
सुम्पिने गरिन्छ उ एउटा नया माहौलमा
शुरु हुन्छ त्यसबखत देखि
नया अध्याय साइनोहरुलाई खुशी बनाउँने
अनगिन्ती भुमिका निभाएर थाकेको ज्यानको
ओछ्यानमा पुग्न साथ निदाउने चाहना
उसको देहलाई सुम्सुम्याउदै लोग्नेको हात
पत्नी-धर्म निभाउँन बाध्य तुल्याउँँछ
भयो !!! नारी तिमीले आफैलाई परिवर्तित गर्नुपर्छ
अत्याचार र कर्तव्य बीचको
फरक छुट्टाउँनु सक्नु पर्छ
कर्तव्य-बोझले थिचिएको आफ्नो पहिचानलाई
आत्मसम्मानसाथ जिउन सिकाउँनु पर्छ
बदलिँँदो फैशन संगै आफैलाई सजाएर
आधुनिक बन्ने मापदण्ड बदलिनु छ
आत्मविश्वासले भरपुर विकसित सोचलाई
आधुनिकताको परिभाषा बनाएर हेर
अल्प(शिक्षित भएको आफ्नो कमीलाई
अरु कुनै शीप सीखी छोप्ने कोसिस गर
आत्मनिर्भरताको हतियार धारण गरि
ुबिचारीु कहलाउँनुबाट तर्किनु पर्छ
स्त्रीको गर्भबाट जन्म लिएर बनाएको
ओ ! पुरुष-प्रधान समाज
कुनै भुमिकामा त तिमीले पनि बदलिनु छ
नारी बिना संसार अपूरो छ
यो कुरा अवश्य मान्नै पर्छ
बढाउ तिम्रो हात दिन नारीलाई साथ
मिलेर सृजना गर एउटा यस्तो वातावरण
जहाँ हर कोपिला
फक्रिएर पुष्प बनी सुवास छर्न सकोस
निर्माण गरिदेउ यस्तो एउटा समाज
तत्पश्चात तिम्रो पुरुषार्थमाथि
हर नारी दम्भ गर्नसकोस
१०९ औं मार्च आठको शुभअवसरमा साँज घलेको नारी जागरण कविता
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)