~दीपक कुमार ज्ञवाली~
हासोसँग रोदनसँगै जीवनको नियम हो ।
हुन्न खण्डित कहिलै बुझ्नुपर्ने मानवले हो ।
किन किन आज मलाई नरमाईलो लागेको छ ।
संगीसाथी अलगहुँदा मन मेरो रोएको छ ।
१
सँगैखायौं सँगैबस्यौ हाम्रो शिरानी एउटै थियो ।
गोडालाग्दा सद्भावना अनुपम हाम्रो थियो ।
पेटभरी खानपाउँदा हामीलाई लाख हुन्थ्यो ।
दुश्मनको आँखा छल्दै हामीलाई हिड्नपथ्र्यो ।
२
कस्तोथियो अठोटहाम्रो वाचाबन्धन किन टुट्यो।
हाम्रा संघर्षका ति दिन सम्झेर मन माझौं
रहनेछैन प्रतिष्ठा ,देश र जनतालाई धोका भयो ।
कार्यकर्ता निराशहुने ,यो कस्तो काम भयो ।
३
गोडा हाम्रा आआफ्ना, चाल हाम्रो एउटै थियो ।
जेलनेल हत्कडीले ,हाम्रो सम्वन्ध प्रगाढ थियोे ।
गुमायौं हामीले कतिसाथी ,स्वतन्त्रताको संघर्षमा ।
शहिदले सराप्नेछन् कसरी खायजीय हुने साथी ।
४
दुश्मनलाई घोडा टेकाई लोकतन्त्र प्राप्त भयो ।
शिर उठाई हिडेकोछ अब मेरो पालो भन्दै ।
लोकहसाई भएकोछ तिम्रो हाम्रो मनमुटाबले ।
विषबृक्ष भन्दै हिड्थे मानमर्दन तिम्रो गर्दै ।
५
सतिसालझैं उभिएको यति चाडै किन बिस्र्याै ।
आज तिमीलाई लागेकोछ त्यहि हो अमृतबृक्ष ।
केले बस्यो माया प्रेम बाटो आ-आफ्नै थियो ।
किन यस्तो गर्दैहिड्छौ आउनेदिन तिम्रै थियो ।
६
एक कार्यकाल बिताएर छोडनेअठोट मेरो थियो ।
बहिर्गमन हुन्न अब देश र जनताको हृदय रोयो ।
विकाश हो युगको माग निराश मैले हुन दिन्न ।
आवाज एउटै हुनुपथ्र्याे देशजनताको समस्यामा ।
७
कार्यकर्ता अशल हाम्रा नेता हामी खराब भयौं ।
दिएकैहुन अबसर हामीलाई अजिर्ण किन भयो ?
अझै छ है अबसर हामीलाई सच्चियर अघि बढौं ।
कसले तिमीलाई के के भने मैले त सहदै आएँ ।
८
घोक्रठ्याक लगाएकै हौं मतियार कस्को भयौ ।
के के भन्दै भोटमाँग्ने नांगो नाच हाम्रो भयो ।
वाचाकबोल गरेकै हो विकास र सम्बृद्धिको ।
समयछ अझै पनि देश र जनता हाम्रा प्यारां ।
९
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )