कविता : दृष्टिकोण र सत्याभास

~अमर न्यौपाने~

तिम्रो मेरो सिरानी एउटै भए पनि
हामी अलग अलग सपना देख्छौँ

सँगसँगै बाँचे पनि हामी आआफ्नै जीवन बाँच्छौँ
सँगसँगै मरे पनि हामी आआफ्नै मृत्यु मर्छौं
तिम्रो मेरो बाटो एउटै भए पनि
हामी आआफ्नै गन्तव्य हिँड्छौँ

सँगसँगै हासे पनि हामी आआफ्नै सुख हास्छौँ
सँगसँगै रोए पनि हामी आआफ्नै दुःख रुन्छौँ
तिम्रो मेरो उभिने धरती एउटै भए पनि
हामी आआफ्नै पैतालामा उभिन्छौँ

सँगसँगै बसे पनि हामी आआफ्नै आयतनमा बस्छौँ
एउटै विषयमा पनि हामी आआफ्नै विचार बोल्छौँ
तिम्रो मेरो हेर्ने ऐना एउटै भए पनि
हामी आआफ्नै अनुहार हेर्छौं

तिम्रो मेरो सिरानी एउटै भए पनि
हामी अलग अलग सपना देख्छौँ

(स्रोत : रारापाटी डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.