~नेकी धनेन्द्र~
जनताको हितमा बोल्ने
जनताको हितमा काम गर्ने
देशको कुना कुना सम्म
सुन जस्तै गरि टल्काउने
संसारले मान्ने छवि बनाएका
हाम्रा नेताहरु के सानु भन्ने
सेवाग्राही नपुग्दै सेवा दिने
मृदुभाषी बचन फूल जस्तै
सुगन्ध आइरहने
आफ्नो विरानु, माथिल्लो तल्लो
धनी गरिबको विभेद रहित
समान व्यवहार गर्ने
कार्यालयको काममा दिन दिनै
हाजिर भएर ,
घरपरिवारकै वास्ता नगरि
जागिरमा दिलो ज्यान दिने
सरकारी कर्मचारीलाई के सानु भन्ने
सरकारको असफल योजना भन्दा
कम खर्चमा योजना सफल बनाउने
सामाजिक कार्यमा मरिमेटी लागेका
विकासकोमूल फुटाउन कृतिम वर्ष नै
गराइदिने
वैज्ञानिक भन्दा पनि महावैज्ञानिक
कसैको पाउ मलेर हुन्छ कि
आफ्नै क्षमताले भ्याएर हुन्छ कि
जतिखेर पनि जहाँनेर पनि
पिछडिएका समुदायका लागि
समय खर्चेर, जिन्दगी खर्चेर
गैर सरकारी संस्थामा बसेकालाई
के सानु भन्ने
यी जम्मै सुत्रहरुमा जनतालाई
फसाउने
देशको ढुकुटी रित्याउने
नजन्मेकै बच्चाको टाउँकामा पनि
ऋणको भारी बोकाउनेहरुलाई
भन्न सन्छि
को साना को ठूला ?
एकै ड्याङ्का मूला
(स्रोत : रचनाकारको ब्लगबाट सभार)