कविता : अनुभूति

~ईन्द्र प्रकाश शाह~

निशब्दताको उत्कर्षमा
हरेक पल
नियालीरहे
जिन्दगीका पाटाहरू
पाए त केवल
मौनताका स्वप्निल आयामहरू
खुसीका मन्द परिदृश्यहरू

खैर,
आशाको झिल्को
अझै बिघ्न छ
यो निश्चल मनमा
शिखरको अन्वारोहण जस्तो
बेगको अभिनव बहाब जस्तो

अझ,
खुसीका नुरहरू
परिवर्तनका उचाईहरू
यथेष्ट चमकहरू
हरप्रहर जागृत भइरहन्छन्

त्यसैले त,
म चाहान्छु, एक प्रेमिल जिन्दगी
सौहार्दताको प्रतिक
उत्कृष्टताको निशानी
तादम्यताको सरगम ।।।

(स्रोत : रारापाटी डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.