कविता : बिस्मात

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

समयको माग भन्दै मौन बसे ।
के देख्नुपर्‍यो जीवन बिछोडको ।
उठ समाऊ लहरा जीवन डोर्‍याउन ।
उगाऊ पानी आफ्नै जीवन बचाऊन ।
शेचनगर अःन्तकरण जाग्नेछ स्मृतिहरु ।
आबेगको मीलन त्यो क्षणिक उन्मादको ।
उल्लङ्घन भयो नियम प्रकृतिको ।
बगेको अश्रुधारा रोकिन्न कहिलै ।
जीवन उत्सर्ग भए डुलाऊथे भूमण्डल
जीबित छ शरिर दुबै च्यातिय मनहरु ।
प्रकृति नै हो सहारा सिलाउने मनहरु ।
मन्थन गर्दा हृदयले देख्छ गल्तिहरु
पोखीयो उन्माद सडक सहारा भयो
हिजो राशलिला गर्दा ढाकेका पर्दाहरु
धररर च्यातिदियौ सम्झौता उल्लङघन गर्दै
पोखियो उन्माद आज के के भयो
सोधेनौ कहिलै भन म के गरुँ
गल्तिमा झन् गल्ति गर्दा मानमर्दन आफ्नै भयो
प्रकृतिका नियमले बाँचेका प्राणिहरु
गर्दैनन् विभेद कहिलै छन् समान सबै
आज के देख्नुपर्‍यो गुडबाट चरी झर्यो ।
हा हा दैब के गरिस् बिस्मात हामीलाई पर्‍यो
थामी दियका थिए शरिर उफ्रेर भुइमा झर्यो ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.