~बाबुराम आचार्य~
हुक्का चिलमको शरणै लिनाले। अल्छी गरी हर्दम सूतनाले।।
भन्दैन कोही उसलाइ मानिस। गर्नू पर्छ इलम भनेर जानेस्।।१।।
चेत्याँ बल्ल भुल्याँ र धन्जनमहाँ सारा उमेर् नाश् भयो।
दु:खमाथी दुख भो न एक्छिन बसी भक्त्ति हरीको भयो।।२।।
वृद्द भैकन आज यो दुख सही कुक्कुर् सरीको बनी।।
घुम्छु दुखी भएर गल्लिबिच धिक्कार यो धन् भनी।।३।।