~शम्भुप्रसाद ढुङ्गेल~
देखेर सर्कस पनी बुझी इन्द्रजाल ।
मानीस मूर्ख हुन गै राछन् हवाल ।।
बुद्धि पुर्याउन सकेन जसै विचारी ।
भन्छन् छ शक्त्ति शिवको भनि दोष टारी ।।१।।
हा दैव! हामीहरूमा किन ये विचार ।
हे दैव!! हामीहरूलाई तिमी सपार ।।
यो जिन्दगी सहजमै बिति जान लाग्यो ।
भारी भएर जिउले जिउ खान लाग्यो।।२।।
विश्वास एक रति छैन कही कसैमा।
विधा प्रचारहरू शून्य भइ सबैमा ।
इच्छा मुताविक गरी जान अल्छि काम।
आफै बिगारी रहनेछन लोकनाम ।।३।।
आँखाभरि मरि मरि गरी हेरी काज।
यो ता असत्य कहने हुन गै समाज।।
उधोग काम गर्नु पनि व्यर्थ जाने।
छौं हामी ता फगत भात बसेर खाने।।४।।
आशुकवि शम्भुप्रसाद ढुङ्गेल (विक्रम सम्वत(१९४६-१९८६)