~भक्ति शीला~
मेरो यो सुन्दर कोमल छात्ती भरि
अनेकौ बिद्रोहको पाईतालाले
कुल्चेर आज मलाई दुषित
बनाएकोछ
मेरो छात्तीभरि चियाको कलिला
मुनाहरु,लाली गुराँस,चाँप चमेली
फस्टाएको बेला तिम्रो निर्मम
बन्दुकको तातो गोलीबाट निस्केको
बारुदको ग्यासले
मलाई उदास, उजाड बनाएको छ
जब जब म झस्किन्छु
मलाई काँचो खुन को गन्ध आउँछ
तब म उकुस मुकुस हुन्छु
क्रान्तिको ज्वालाले मेरो खुन तातिन्छ
हेर त खुनको बाछिटाले मेरो
छात्ती रङ्गिएको छ
मेरो छात्तीमा आमाको ममताको
छात्ती फुटी खुनको आँशु बग्यो
बिधुवाको सपना टुट्यो
बाल बालिका टुहुरा भयो
मेरो छात्ती असाध्यै दुखेको छ
तर पनि मेरो छात्ती विशाल छ
विशाल छात्ती माझ एउटा सानो
आफ्नै आँगन चाहिएको छ
जहाँ म दिल खोलेर हाँस्न रमाउन सकुँ
अाफ्नै आमाको काख पाएर ईतिहास लेखौ
आज परिचय खोज्दा खोज्दै हजारौ लासहरु लडे
तर गन्तव्य उल्टा दिशा लागे
हे, अस्तित्व को खोजीमा हिडेकाहरु
किन दिशाहीन भयौ ?
अब चाँँडै एकताको सूत्रमा
बाँधिएर पहाडलाई सिँगार पटार गरेर
रानी बनाउनु परेको छ
तब मात्रा हुनेछ दार्जिलिङ
पहाड कि रानी
– शीलु
भक्ति शीला, मिरिक
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)