कविता : चिसो घाम बिरूद्ध !

~शरद पौडेल~

होईन नि लिखेई आमा,
कोल्ले सिध्याम्नि र गरीप्मारालाई ?
कोल्ले सोत्तर पार्नु र देश लुट्नेलाई ?
बलत्कारी नि उसै छन्
भष्टाचारी नि उसै छन्
बरू ति त,
उसैअरि मैमत्त घुमेओछन् चौरस्तामा
उसैअरि घोडचडी अरेओ छन् आमाओ छातिमा !
हाम्रा लागिमा
चिसो छ घाम !
चिसै छ आगो !!

हो लिखेई आमा१
यो हुलदङाले खानि त हाम्लाई नै हो !
जुद्द भनकि आन्नोलन
यो हुरीले लथार्नि त हाम्लाई नै हो !
ठुलो भाक् मिल्ला कि त आशै नअर
बरू, सिल्टेको थालाँ पस्केओ
ईतिति ढिँरो पनि उराँईलान्छ आधिले !
हाम्रा लागिमा
चिसो छ घाम !
चिसै छ आगो !!

गरीप्को लेखान्तर लिखेई आमा,
मेटिन्च त भनियो, कहियो
खै त, मेटिएन कैल्यै !
हुनेओ भागमा अझ खातै खात्
हामेरूका भने संधै रित्ता हाथ्!
हाम्रा लागिमा
चिसै छ घाम !
चिसै छ आगो !!

हो लिखेई आमा
घाम पनि चिसो हिजाज
आगो पनि चिसो हिजाज,
पाईन नचरेको
गरिखाने जिन्नकीको हथियार पनि
भुत्तो भो हिजाज !

लिखेई आमा
आश नअरे कोई थिँ अब
बरू बिचार अरेस्
चिसा आरनमा कोईलो हालेर
तातो आगो सल्काउनि हो कि त आफै ?
तातो घाम सल्काउनि हो कि त आफै ??

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.