~बि.कुलुङ रंगबुले राई~
भ्रष्टाचारी, काला धन राख्ने व्यापारी
घुसखोरी,ट्याक्स चोरी गर्नेहरूलाई
बुलेटट्रेनमा खाँदेर
कालापानी पठाईदैँछ
त्यसैले
मेरो देश डिजिटल भयो अब
माग्नेको हातमा मोवाईल
थाँङनेको झोलामा ट्यापलेट
फुटपाथमा सुत्नेहरूलाई डनलप
कुल्ली कमारोहरूलाई कम्प्युटर
मेरो देश डिजिटल भयो अब
उन्नतिको शिखर चढयो
बेकारी समस्या बढ््नु बढयो
त्यसैले
बेकारीहरूलाई
अरौबौं रुपियाँको रकेटमा चढाई
अन्तरिक्ष भ्रमणमा पठाईँदैछ
बेकारी समस्य हल भयो अब
मेरो देश डिजिटल भयो अब
को धनाढ्य को हो गरिब
जिएसटिकै मोल लागु भो
सबैको जीवनहरूमा
मेरो देश डिजिटल भयो अब
त्यसैले त
प्रत्येक नैं हामी गरिब देशबासीको
आर।बि।आई ब्याङ्कहरूमा
जिरो ब्यालेन्सको पास वुक जमा भयो अव
मेरो देश जिरो जिरो डिजिटल भयो अब
-यश
Darjeeling
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)