कविता : परदेश

~अर्जुन उपाध्याय~

दिनभरी दलिएछु , गुन्दै मनमा नानाथरी ।
ज्यानै दिई गर्दा पनि , सुख छैन क्षण भरी ।।

अनौठा छन त्यहाँ मैले , गर्नुपर्ने कामहरु ।
असफलताको सुचीमा , भए मेरा नामहरु ।।

धिक्कादै छु आफुलाई , देशलाई छोडी आए ।
अर्का कै अधिनमा बसि , कामलाई मित लाए ।।

गर्न सकिएन केही , सधैभरी प्रदेश पसि ।
ऋण तिर्ने कसोगरी , आफ्नो गाँउघर बसि ।।

जहाँ म बसेको छु , त्यहाँ मेरो कोही छैन ।
विवशताले अल्झिए म , एक्लिएको भने होइन ।।

बिर्सिसके गाँउघर , बिर्सने पो होकी भाषा भेष ।
फर्कने दिन कहिले , सम्झन्छु आफ्नो प्यारो देश ।।

– अर्जुन
कपिलवस्तु , नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.