कविता : मैभित्र आफ्नो प्रतिरूप छैन

~गोविन्दराज विनोदी~

छन् काम नै यी न त कामजस्ता
छन् नाम नै यी न त नामजस्ता
छन् राम नै यी न त रामजस्ता
छन् जो सबै नै बदनामजस्ता

बिहानमा छैन नयाँ बिहानी
छन् रातजस्ता दिनका कहानी
यो चेतना कत्ति सचेत छैन
यो प्राप्ति हाम्रो समवेत छैन

यो देशमा सुन्दर देश छैन
निर्धक्क बाँच्ने परिवेश छैन
पीडाबिना शान्त निमेष छैन
संक्रान्तिको अर्थ विशेष छैन

खै बन्धुमा बान्धव भाव छैन
मान्छेसितै मानव भाव छैन
यो मौनता वास्तव चूप छैन
मैभित्र आफ्नो प्रतिरूप छैन

This entry was posted in कविता and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.