~अनिता भण्डारी पौडेल~
सम्झिदैछु तिमीलाई यो अन्धकारको देशबाट
गाँस बाँस कपास अभाव, हाहाकारको देशबाट
कोही खान देउ भन्छन कोही बाँच्न देउ भन्छन
कुर्सीमै निदाईरहने कुम्भकर्ण सरकारको देशबाट
कति गाली गर्नु कति सराप्नु सत्ता हाँक्नेहरुलाई
मान्छे जस्तै देखिने दानब आकारको देशबाट
लेख्दा लेख्दा कलम थाक्छ बोल्दा बोल्दै मुख
न कुनै योजना छ मात्र सुन्य बिचारको देशबाट
सपना र योजना थपिन्छन् हरेक बर्ष कापी भर्दै
गरिबी निवारण सुख शान्ती सुधारको देशबाट
नंया बानेश्वर , काठमाडौँ