अनूदित कविता : व्यवस्थापन

~कुँवर नारायण~
अनुवाद : गौतम राई

हिजो फेरि एक हत्या भयो
भयानक परिस्थितिमा ।
म अस्पताल गएँ
वास्तवमा त्यो ठाउँ अस्पताल थिएन ।
त्यहाँ मेरो डाक्टरसँग भेट भयो
तर, त्यो मान्छे डाक्टर थिएन ।
उसले नर्ससँग केही भन्यो
तर, त्यो महिला नर्स थिएन ।
फेरि ऊ अपरेसन कोठामा गयो
तर, त्यो ठाउँ अपरेसन कोठा थिएन ।
त्यहाँ बेहोस गराउने डाक्टर
पहिले देखि नै उपस्थित थियो
वास्तवमा त्यो पनि अरु कोही थियो ।
फेरि, त्यहाँ एउटा अधमरो बच्चा ल्याइयो
जो बिमार हैन भोकै थियो ।
डाक्टरले टेबलबाट अपरेशनको चक्कु उठायो
तर, त्यो चक्कु हैन
युद्धग्रस्त भयानक छुरा थियो ।
छुराले बच्चाको पेट चिर्दै
उसले भन्यो– अब यो बिल्कुल ठीक हुनेछ ।

(कुवँर नारायण भारतीय साहित्यका एक प्रगतिशील कवि हुन् । )

(स्रोत : नेपाल रिडर्स डट कम)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.