कविता : सरकार क्वारेन्टाइन जान्न म ।

~सुजन बुढाथोकी ‘कान्छा’~

सरकार
क्वारेन्टाइन जान्न म।
दिनडाहडै बलत्कार हुन्छ त्यहा
भर्खर कलकलाउदो
बैसालु यौवनमा टेकेकी केटि हु ।
रहर छैन मलाइ बलत्कृत भएर बाच्न
सरकार यसैले म कैले पनि
क्वारेन्टाइन जान्न ।

सरकार एकैओछ्यान एकैठाममा किचन
र सौचालय बिनाका
तिम्रा ती क्वारेन्टाइनहरु
र गोठमा ल्याएर अनि भर्खर बाधिएका बोकाहरुका झै गरेर
ठसठसी गनाइरहेका दुर्गन्धहरु
सरकार म कुनै जनावार हैन
यसैले म तेरो क्वारेन्टाइन जान्न ।

पानि नभएको मरुभुमी भन्दा पनि बढी पथ्झर
अनि कोचिएर बाख्रापाठाहरु
राखिएको खोर जस्ता
तिम्रा ती क्वारेन्टाइनहरु
फोहोर धुलोधुवा र
दुर्गन्धले आफै असङ्गख्य रोगहरु फैलिरहेको
कठोर कारखाना जस्तो
त्यो क्वारेन्टाइन जान्न म
किनकी, त्यहा कोरोना भाइरस सङ्गसङ्गै
मलाइ एचआइभी भाइरस
पनि फैलिरहेको झै लागिरहेछ ।
सरकार यसैले म क्वारेन्टाइन जान्न
दिनडाहडै बलत्कार हुन्छ त्यहा ।

जानै परे अस्पतालमा जाहुला
आइसुलेशनमा पनि बसौला
तर,अफसोच मेरो यो मन चाहान्छ
जिवनभर त्यहा बस्नु नपरोस
म त्यहा जान्न ।
परिवारसङ्ग छुट्टिएर
बरु म बाहिरै बस्न राजी छु
हाम्रो गाईगोठको सबैभन्दा पछाडी पट्टि
एउटा छुट्टै कोठा बनाएर बसौला
तर,म क्वारेन्टाइन जान्न सरकार
दिनडाहडै बलत्कार हुन्छ त्यहा ।

बरु मेरो हरेक गासहरुबाट खानाखर्च कटाएर
कुनै भोको गरिबलाइ दियोस
रास्ट्रपती निवासमा करौडौ पर्ने गलैचाहरुबाट
केही रुपैयाहरु झिकेर
क्वारेन्टाइनमा धेरै कोठा र झ्यालढोकाहरु राखियोस
र त्यही झ्यालढोकाहरुमा राखियोस
केवल सय रुपैयाको साचो किनेर
राखिएको त्यहीदिन
यो नेपालि नारी क्वारेन्टाइन जानेछिन
यसैले,म ऐले क्वारेन्टाइन जान्न आमा ।

सुनेकी छु , त्यहा
कोरोना रोग लागेर
नौजवान युवाहरुको दुखान्त निधन हुन्छ
तत पश्चात परिछ्यणहरुमा पिसिआर आउँछ ।
भोकमारी लागेर मान्छे मरिसकेपछी ,
जिवनभर कैले पनि आफ्नु अनुहार
नदेखाउने यो देसको सरकार आउँछ ।
बर्दिया गुलेरियाका जोगिराम गोडिया जस्ता
हजारौ हजार गरिबहरुले
क्वारेन्टाइनमा आएर पनि
एकथोप्पो पानी प्युन नपाएर मर्छन
ज्यालादरी गर्नेहरु
भोकमरि भुमरीमि परेर मर्छन ।

हो,तिनै मर्दै गरेका मज्दुरहरुको निमित्त
गाँस बाँस र कपाससहितको
एउटा सानू झुपडि बनेको दिन
जरुर म क्वारेन्टान जानेछु ।
सुरछ्यागार्डहरुको सहितको
बालुवाटार,र सिङ्गदरवारमा
कैले पनि कसैले क्वारेन्टाइन मागेको थिएन
सरकार किन ऐलेका क्वारेन्टाइनहरुमा
सुरछ्याको अभास दिलाउन सकिएन ?

बैदेशिक रोजगारमा गएकि
अनि भिसा सकिएर अलपत्र भएकी
६३ हजारको प्लेनटिकट तिरेर
कुबेतबाट भर्खर स्वदेस आएपछी
यो देसभर अखङ्गख्य हाहाकार
र बलत्कारको समचार थहापाएपछि
कुनै कुमारीनारीले बोलेको आवाज हो
यो सरकार “तेरो क्वारेन्टान जान्न म “।

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.