कविता : माटो-मुक्तिको प्रयोगशालामा

~जय क्याक्टस~

कति तिक्खर हुन्छ
माटोको सुगन्ध
स्वबोधको प्रयोगशालामा।

भनेको छु-
एकैक्षण,
कविता, एकैक्षण
मौनता बोलिदेऊ –
त्यही मौनताको एन्थ्रेक्स बोकेर
म हाम्रो परिचय खोज्छु। पहिले।

युद्ध त अनन्त हुन्छ
तर अन्तिम युद्धमा छु
अहिले।

कल्पना र सपनाको
फाइल-फोटोसपबाट निस्केर
गिरीको गीत गाउँदैछु-
रिमिक्स
युद्ध र योद्धा-बाट।

वलिदानको महाख्यानबाट
एक चोक्टा कथा टिप्दै
पराख्यान यो समयबिम्बलाई
शब्दहरूको घोड़सवारी गराउँदैछु
-माटोको मुक्तिलाई

जीवन छ त्यहॉं पनि
मातृभूमिको किनारमा
आँसु पुछ्ने हत्केला भई
उठेको हेर्छु,
कविता !
तिम्रो अवयवलाई
माटोको सुगन्धमा मुछिएको
मुक्तिको साङ्ली चुँड़ाल्दै
जीवन्त हेर्नेछु, तिमीलाई।

-कालेबुङ

(स्रोत : विचलन प्रकाशन, कालेबुङ)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.