~रवि प्राञ्जल~
जे जे भन्छौ सबै बिना शर्त गरी रा’छु ।
किनार भेट्न अझै मैले नर्क तरी रा’छु।
थाहा छैन त्यो मुटुमा कहाँ निर छु म ?
सगरमाथा जस्तै हरेक वर्ष सरी रा’छु।
नजानेरै रोपिएछ जहर जिन्दगीमा
त्यही जहर हुर्काउन खर्च भरी रा’छु ।
थाहा छैन कहाँ पुग्यो पहिचान मेरो ?
आफैंलाई चिन्न उही खर्क झरी रा’छु।
तिम्रो मनको बगैंचामा फूल भयो ‘रवि’
उन्को मनको बगैंचामा सर्प दरी रा’छु।