~विष्णुकुमार श्रेष्ठ~
अँधेरो एक कुनामा दिन पर्खी रात बिताउन ।
मेरै मधुरो स्वप्न सँगाली घोरीई रहेकी होली ।।
फूलको कोपिला हेर्दै दील खोली गीत गाउन ।
कल्पनाको नील गगनमा चहारी रहेकी होली ।।
चुहाइ आँशुका थोपा रात पर्खी दिन बिताउन ।
झर्नाको तिरमा एक्लै रोई रहेकी होली ।।
बितेका दिन संझेर छहारी पर्खदै कतै ।
बलिन्द्र आँशुमा धारा बगाई रहेकी होली ।।
एकान्त ठाउँमा कहिं तन दिइ मन बुझाउन ।
मेरै प्रेमको माला जपी रहेकी होली ।।
बिछोडका दिन औंलामा गनेर कल्पदै कतै ।
म फर्की आउने बाटो ढुकी रहेकी होली ।।
(स्व विष्णुकुमार श्रेष्ठबाट ४० वषै अगाडि रचित कविता)
(स्रोत : लेखकपुत्रको ब्लगबाट सभार)