कविता : निष्ठुरी बालक

~राजेश ढुंगाना~

ईश्वरले मलाई हात दुवै दिए
तर
यी हातले म केही गर्न सक्दिन
त्यसैले ।
कहिले म सोच्दछु,
सपना रहेछ जीवन
कहिले म सोच्दछु
अन्धकार रहेछ जीवन

हे ईश्वर ।
मलाई किन जन्म दियौ
गरिबको कोखमा ।
म जस्तो बालकहरू झोला बोकी
स्कुल पढ्न जान्छन्
तर,
म शान्तिको उपदेश फैलाउने
बुद्धका मन्दिर, स्वयम्भूमा
आमासँग भिख माग्न जान्छु,

हे ईश्वर,
तिमीले मलाई त भिखारी बनायौं बनायौ
तर,
मेरो आमाको के दोष
आज उनी पनि म सँगसँगै भिखारी भइन्
हे ईश्वर
तिमीले मलाई किन जन्म दियौ
गरिब कोखमा ।
म त आमा बाबुको बोझ मात्र हैन
यस पृथ्वीको नै बोझ भए ।
सन्दछु ।
गरिब बाल बालिकालाई हेरचाह गर्ने
हाम्रो देशमा ।
स्वदेशी एवं विदेशी संस्था धेरै छन्
तर के ?
म जस्तो निष्ठुरी बालकलाई,
हेर्ने कुनै निकाय छैन ?
त्यसैले होला ।
बुद्धले शान्ती नपाएर
विदेशमा देह त्याग गर्नु प¥यो
हे ईश्वर ।
तिमीले मलाई त जन्म दियौं
तर म जस्तै बनाएर
तिमीले अरुलाई जन्म कहिले पनि नदेऊ ।

काठमाडौं अगस्ट २१, २००३
(सन्दर्भ बाल दिवस)

(स्रोत : नेपालीपोष्ट डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.