कविता : जीवन छायाँ

~डा.मधु माधुर्य~

मेरा यात्रीहरु, लौ हेर मेरो मन चित्र
भित्र बाहिर सबै देख्यौ ? भयो विचित्र
शून्यताको गुँडभित्र पूर्णताको वास छ
सास छउञ्जेल जीवनको अनमोल आस छ
साथमा मेरो छाया छ, म एक्लो छैन… ।

सुखमा साथ दिनेहरु छन्
दुःखमा दुःख दिनेहरु छन्
विरहमा आँसु साथी छ
हर्षमा हाँसो साथी छ
सर्वत्र छन् सहयोगीहरु
म एक्लो छैन … ।

सपनीसंगै सुत्छु म
कल्पनासंगै नाच्छु म
आत्मविश्वासको छहरा छ
आप्mनै पसीनाको सहारा छ
भावनाको प्रवाह छ, म एक्लो छैन … ।

नखोजे पनि सर्वत्र व्यवधानहरु छन्
नहिंडे पनि पाइला पाइलामा पासाहरु छन्
छन् अन्तेष्टि कुरेर राल चुहाउनेहरु
प्mयाकेर राता आँखा मतिर त्यसै जल्नेहरु
अभैm के के छन्, म एक्लो छैन … ।

जीवनले छाडे मृत्यु त छँदैछ
जीतले छाडे हार त छँदैछ
त्यही मृत्यु र हारको गोरुले बैतर्नि तार्न नसके
देशको वर्तमान नरक त मसंग छँदैछ
आरोह अवरोहको मैदान छ, म एक्लो छैन … ।

बिसै पनि तिमीले, सम्झना त छँदैछ
अविश्वास, धोका र घातहरुको
नबिर्से पनि पीडा त छँदैछ
आँसुमा डुबाइएका भविष्यहरुको
तीता मीठा अनुभूतिहरु ज्युँदै छन, म एक्लो छैन … ।

मलाई पछ्याउने विपरीत चित्तका ‘शुभकामनाहरु’ छन्
म विरुद्धका अदृश्य ‘दिवा स्वप्नहरु’ छन्
विपना मेरो झस्काइदिने
गोलीभन्दा मीठा बोलीहरु छन्
चिप्ला ओरालीहरु छन्, म एक्लो छैन … ।

गाँस, बास, कपासको अभावमा जनताको नाश छ
भीडको एकान्तमा मेरो वास छ
भोलि मर्दा त्यसै छाडे पनि तिमीले
छाड्ने छैन मलाई आप्mनै छायाले
बस्, त्यही एउटा आस छ, म एक्लो छैन … ।

कालो ग्रहणले घाम खोज्दै हिंडेभैंm
दिनको हत्यारा रातले मेरो छायाँ खोजिरहेछ
भोका व्बाँसाहरुको हुलले मलाई नै खोजिरहेछ
यो अन्तिम घडीमा नतमस्तक ‘साथी’ चुपचाप हेरिरहेछ
‘साथी’ अभैंm पनि साथैमा छ, म एक्लो छैन … ।

प्रेमको भीख माग्नेहूले मुटु रित्याइसके
‘देशको माया’ देखाउनेहरुले देश रित्याइसके
अब के छ र बाँकी यहाँ ?
रित्तो बस्तीमा रित्तो घात छ
म छु र मेरो छायाँ छ
पुंmग उडेको आकाशमुनि उजाडिएको धर्ती छ, म एक्लो छैन … ।

खरिदबिक्रीको मेलाहरुमा आफन्तहरुकै भेला छ
आपूmलाई बेचेर गन्नेहरुको हातभरि ठेला छ
दुष्टहरुको दिमागमा म पनि सुपथ मूल्यमा टाँगिएको छु
बेचिनेहरुमा मान्छेको इमान छ, धर्म र मानवता छ
समातेर बेच्न नमिल्ने मेरो छायाँ बाँकी छ, म एक्लो छैन … ।

मान्छेको सिद्धान्तले मान्छे टोक्दै हिंडेको छ
बम बारुद र द्रव्य शक्तिले विश्व सत्ता खोसेको छ
‘शान्ति, शान्ति’ भन्दै म पनि बहुलाइरहेछु
सद्दे भन्नु केही छ भने निरीह मेरो छायाँ छ
छायाँ मसंगै झोक्राइरहेछ, म एक्लो छैन … ।

ब्रह्माण्ड र पृथ्वी नौलो होइन मान्छेको इतिहास पनि
परिवर्तनका क्रमहरु पड्किरहन्छन् ज्वालामुखी बनी
तुँवालो र भुइँकुहिरो भगाउँदे सुनौलो दिन र चाँदनी रात आउँदैछ
शुभप्रभातमा आशा र विश्वासको शिखरयात्रा प्रारम्भ छ
सिर्जनाको आभार छ, म एक्लो छैन … ।

मुछुभरि ममता र अँजुलीभरि माटो छ
अत्यासलाग्दो भीरमाथि जीवनको बाटो छ
साथमा आप्mनै छायाँ छ
छायाँको औधि माया छ, म एक्लो छैन … ।

अभयपुर, दोलखा,
हाल: मस्को, रसिया

This entry was posted in कविता and tagged . Bookmark the permalink.

2 Responses to कविता : जीवन छायाँ

  1. Kunsang lama says:

    It is really nice Keep it up

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.