अनूदित कविता : स्वतन्त्र सूर्य

~अलेक्सान्द्र प्रोकोफेएभ~

सवै दिशामा
सबै गाउंमा
मुस्कान, नेत्र
वसन्त फुल्दो……
पहाड र खोंच
लेक र बेंसी
सिरेटो शत्रु
सुसाउने छैन ।
मृत्यु घुमेथ्यो
युद्धका वर्ष,
शहरमा आज
गौरवको झण्डा ….
आकाशमा फर्फर
लालीमा जस्तै
जीवन छ सुखी
बाटो छ साफ
दिउंसो र राति
धावामा जांदा
सदैव हाम्रो
साथमा लेनिन !
मातृभू चम्कोस्
उज्यालो छर्दै
हामीले जित्यौं
युद्धमा सुख ।
आन्ताता अब
रीसैले फुटोस्
हुंदैन उस्को
साकार आशा ।
छ हाम्रो हातमा
सुखको ठेला
बल हो हाम्रो
सोभियत सत्ता !
सबै दिशामा
सबै गाउंमा
स्वतन्त्र सूर्य
महान् लेनिन !

प्रशिद्ध सोभियत कवि अलेक्सान्द्र प्रोकोफेएभ, सोभियत संघ लेनिन पुरस्कार तथा राजकीय पुरस्कार बिजेता, गृहयुद्धका एक सक्रिय सहभागी र महान् देशभक्तिपूर्ण युद्धमा लेनिनग्रादका रक्षक हुनुहुन्छ । मध्यान्ह, नदीपारि, यात्राको निम्तो कविता संग्रहहरु र रुस काव्यकृतिको वैशिष्टय हो—कल्पनाको व्यापकता, रुपको स्पष्टता र गहनता । प्रोकोफेएभको प्रभावोत्पादक र देश भक्तिपूर्ण काव्य रुसी लोकाव्यवाट प्रभावित पाइन्छ ।

— यो कविता लेनिन गाथा, रादुगा प्रकाशन मास्कोवाट साभार गरिएको हो ।

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in अनूदित कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.